साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कोरोना

यूज एण्ड थ्रो गर्ने तिमीहरूको यो ट्याक्टिक्स त्याग नेता महोदय । तब मात्रै तिमीहरूको भोलिको घाम उज्यालो र न्यानो हुनेछ । अन्यथा तिमीहरूको भोलिको घाम शङ्काको हुस्सुले युगौंसम्म छोप्नेछ । न्यानो होइन ओस्सिएको डम्फुजस्तै हुनेछ । लाखेस् !

Nepal Telecom ad

कृष्ण प्रधान :

(नेपथ्यिका – एउटा राजनैतिक दलका नेताले कोरोनालाई फकाई-फुस्लाई विरोधी नेता र उनकी श्रीमताली भाइरस छर्न पठाउँछ । राजनैतिक दलका नेताको होहोरीमा लागेर कोरोना मध्यरातमा विरोधी नेताको घरभित्र पस्छ । दुवै विरोधी लोग्ने-स्वास्नी सोशियल डिस्टेन्स पालन गरेर मस्त सुतिरहेका छन् ।)

कोरोना – (फोनमा) हल्लो नेताजी ! म पुगेँ तिम्रो विरोधीको घरमा ।
नेता – भेरी गुड । वेष्ट अफ लक। चिन्यौ हाम्रा एण्टीहरू ? जसरी हुन्छ यिनीहरूलाई शेष पार्नुपर्छ ।
कोरोना – शेष पार्नुपर्ने हो ?
नेता – अभियसली । शेष पार्नु ता तिमीलाई पठाको । पुलिसलाई पक्रायो भने नब्बे दिनमा बेल भएर निस्किहाल्छ । अन्त यस्तोलाई शेष नगरेर कसलाई शेष पार्नु ? (प्रसङ्ग बदलेर) भयो काम ?
कोरोना – पख । भर्खर ता पस्दैछु । तातै खाउँ जलि मरूँ किन ? धरै अँध्यारो छ अन्त ।
नेता – किन डिम लाइट बालेको छैन ?
कोरोना – छ नि । तर कस्तो मधुरो डिमलाइट । अनुहार नै राम्रो देखिँदैन ।
नेता – टर्च बाल न ।
कोरोना – ठैट । मलाई तिमीहरूले पठाको पुलिसजस्तो लाग्यो कि क्या हो नेताजी ।

नेता – पुलिसको कुरा चाहिँ कहाँबाट आयो नि हौ ।
नेता – तिमीहरूका विरोधीरूलाई तिमीहरूले केही गर्न नसक्दा पुलिसलाई नाम दिएर एरेष्ट गर्नु पठाउँदैनौँ ?
नेता – त्यो हाम्रो पर्सनल म्याटर हो । तिनीहरू के गर्दैछन् ?
कोरोना – दुवै एउटै खाटमा उत्तानुचित् परेर ख्वारख्वार्ती सुतिरहेका छन् नि…एउटा मस्त घुर्दैछ अर्को बक्दैछ ।
नेता – ओके । मस्त अँगालो मारेर सुतिरहेका होलान् है ।
कोरोना – ओहो…. सोसियल डिस्टेन्स हण्ड्रेड पालना गरेर सुतेका छन् नि परैहरू ।
नेता – तिम्रो कुरा अलिक क्लियर भएन । एउटै खाटमा पनि के को सोसियल डिसटेन्स हौ ।
कोरोना – अरे कस्ता नपत्याएको ? त्यो ता मलाई रेस्पेक्ट नगरेका हुन् नि !
नेता – उनीहरूको हुलिया बताऊ ता ।
कोरोना – एकजना पाँच सय लिटरको सिन्टेक्सजस्तो देखिँदैछ ।

नेता – करेक्ट…त्यो चैं हाम्रो विरोधी नेत्री हो । अनि अर्को चैं ?
कोरोना – अर्को चैं प्रेसर कुकरमा पकाउँदा पन्ध्र सिटीमा पनि नपाक्ने खालको छ ।
नेता – एक्जेटली । त्यो चैं हाम्रो पार्टीको डरलाग्दो विरोधी हो । त्यसको नाक लामो छ होइन? कोरोना नाकै ता देखिँदैन ।
नेता – घोप्टो परेर सुतेको होला राम्ररी हेर न ।
कोरोना – घोप्टो परेर सुतेको र उत्तानो परेर सुतेको म चिन्दिनँ ? आश्चर्य ।
नेता – नाक देखिँदैन भने मास्क लगाएर सुतेको होला ।
कोरोना – दुइटा मास्क ता धोएर सुकाएको छ ।

नेता – त्यो सिन्टेक्सजस्तो को नाक छ ?
कोरोना – तिमारको यतातिर नाक नभएका लेडिज पनि हुन्छन् र !
नेता – अरे त्यसो भनेको होइन । थ्याप्चे चुच्चो भनेको पो ता । लुगा कस्तो लगाका छन् दुइजनाले ?
कोरोना – उफ्…तिमीलाई विरोधीसित मतलब कि उनीहरूको लुगासित हँ !
नेता – त्यसो होइन तिमी कन्फर्म हुनुपरेन ? भरै आफ्नै पक्षकाहरू शिकारमा परे भने ता सर्वनाश नि ।
कोरोना – तिम्रो डाइरेक्शन अनुसार यहाँ आएकी छु । यस..लेडी ता निकै क्यूट रहेछ है ।
नेता – यस । त्यसो भए त्यो विरोधीको वाइफ त्यै हो ।
कोरोना – वाइफ ? के को वाइफ हुन्थ्यो ?
आम्बो…उसको ता म जुङ्गा देख्दैछु ।

नेता – जुङ्गा ? कस्तो जुङ्गा ?
कोरोना – वीरप्पनको जस्तै छ ।
नेता – यतापट्टि सुत्ने विरोधीको चैँ ?
कोरोना – उसको जुङ्गा देखिँदैन ।
नेता – उफ्…किन ? त्यसको जुङ्गा छ ता ।
कोरोना – कस्तो छ भन ता ?
नेता – चेङ्गिज खाँकोजस्तो छ ।
कोरोना – चेङिग्ज खाँ ? (भुतुक्कै भएर हाँस्छ) । जुङ्गै देखिँदैन भनेको बुझ्दैनौ लठुवा नेता ।
नेता – जुङ्गा छ ता त्यसको ।
कोरोना – दुइटै नाकको भुत्लाको मुठाले त्यसको जुङ्गालाई ग्वाम्मै छोपेको छ । काँबाट जुङ्गा देख्नु ?
नेता – त्यो सिन्टेक्सको नाकको भुत्ला चैँ ?
कोरोना – उसको ता भर्खर जमरा उम्रेको जस्तो छ । शायद घरै उचाल्ने गरी घुरेकीले गर्दा नाकका भुत्लाहरू उछिट्टिने डरले त्यति मुठा नपरेको होला । आम्बो उसको ता खुट्टैभरि भुत्लै भुत्ला पो रहेछ ता…सेभोकको ढेँढुलाई पनि जिताउने । (दुवै लोग्ने स्वास्नी जुरुक्कै उठ्छन् । फोन डिस्कनेक्ट ।)
लोग्नौ – (जुरुक्कै उठेर) हू आर यू ?
कोरोना – (रुप बद्लिएर नम्र स्वरमा) आई एम निद्रादेवी ।
स्वास्नी – (तर्सिँदै उठेर) प्रणाम निद्रादेवी ।

कोरोना – (प्रणाम ग्रहण गर्दै) तिमीहरूको के गति यस्तो ? आइमाई मान्छेको जुङ्गा लोग्ने मान्छेको नाकको भुत्लाको गति । वाट इज दिस् ?
स्वास्नी – लकडाउनले पार्लर सब बन्द भएकोले अपर लिप्स र भेक्सिङ गर्न नपाएकाले र उहाँ सेलुन जान नपाएकाले हाम्रो यस्तो गति भएको हो म्याम । (कोरोना विलुप्त हुन्छ)

ध्वनि परिवर्तन

नेता – हल्लो कोरोना !
कोरोना – यस स्पिकिङ ।
नेता – काम भयो ?
कोरोना – नो !
नेता – ओ सिट ।
कोरोना – (झोंक्किएर) वाट दे हेल । तिमीहरू सामान्य राजनीतिक मनोमालिन्यले अनि राजनीतिको फाइदा लुट्नलाई यति तलसम्म झर्न सक्छौ भन्ने ता मैले सपनामा पनि सोचेकी थिइनँ । आफ्नै मान्छेलाई सखाप पार्न तिमीहरूको यो थोत्रे योजना देखेर मलाई घिनलाग्यो । छि !
नेता – उनीहरू पावरमा हुँदा हामीलाई कस्तो पानी खेदो गर्थ्यो ।
कोरोना – तिमीलाई कसैले ढुङ्गा फ्याँक्यो भने तिमीले फूल देऊ । यो जस्तो ठूलो औषधि केही होइन । पावरको मिस्यूज नगर । तिमीहरू यूज एण्ड थ्रोको राजनीति गर्दारहेछौ । यूज एण्ड थ्रो गर्ने तिमीहरूको यो ट्याक्टिक्स त्याग नेता महोदय । तब मात्रै तिमीहरूको भोलिको घाम उज्यालो र न्यानो हुनेछ । अन्यथा तिमीहरूको भोलिको घाम शङ्काको हुस्सुले युगौंसम्म छोप्नेछ । न्यानो होइन ओस्सिएको डम्फुजस्तै हुनेछ । लाखेस् !

पर्दा खस्छ ।

०००
सिलगडी, भारत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नबोल्ने वरदान

नबोल्ने वरदान

कृष्ण प्रधान
खोचे थाप्नु

खोचे थाप्नु

कृष्ण प्रधान
…छँदैछु नि !

…छँदैछु नि !

कृष्ण प्रधान
माथि…

माथि…

कृष्ण प्रधान
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x