सुलसुले‘शासन र संस्कार’ विषयक विचार गोष्ठी
अध्ययन सङ्घका महासचिव धनेन्द्र बस्नेतको अध्यक्षता र किरण पन्थीको सञ्चालन रहेको कार्यक्रममा प्राज्ञ डा. भागवत आचार्यले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

काठमाडौं, ०८० भदौ १६ । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालका इन्चार्ज रघुजी पन्तको प्रमुख आतिथ्यमा महासङ्घ, नेपालको घटक संगठन राष्ट्रिय साामाजिक अध्ययन सङ्घद्वारा अयोजित ‘शासन र संस्कार’ विषयक विचार गोष्ठी तथा कार्यपत्र प्रस्तुत कार्यक्रम सम्पन्न भएको छ ।
अध्ययन सङ्घका महासचिव धनेन्द्र बस्नेतको अध्यक्षता र किरण पन्थीको सञ्चालन रहेको कार्यक्रममा प्राज्ञ डा. भागवत आचार्यले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
प्रस्तुत कार्यपत्र उपर प्रा.डा. धनबहादुर कुँवरले टिप्पणी राख्नु भएको थियो भने दामोदर कोईराला, प्राज्ञ नमूना शर्मा, अच्युत घिमिरे लगायतका विद्वानहरूले कार्यपत्र उपर सुझाव तथा प्रश्न राख्नु भएको थियो ।
कार्यक्रममा विशेष अतिथिका रुपमा महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारी, उपाध्यक्ष आर.सी. न्यौपाने, महासङ्घका कणर्ाली प्रदेश इन्चार्ज पदम रोकाय, महासङ्घका बागमती प्रदेश अध्यक्ष होमराज श्रेष्ठ, राष्ट्रिय जनसङ्गीत कलाकार सङ्घ, नेपालका सचिव जीतेन्द्र चौधरी लगायतका थुप्रै संस्कृतिप्रेमी विद्वानहरूको उपस्थिति रहेको थियो ।
०००
Subscribe
Login
0 Comments
Oldest












































