साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आन्दोलनमा गाईहरू

हेर्नुस् न दिदी आज गाईजात्रा रे ! हाम्रो नाउँमा जात्रा गरेर मान्छेहरू मजा लिने रे । मान्छेको स्वार्थपूर्तिका लागि हाम्रो जात्रा गर्ने ? हामीलाई पटक्कै चित्त बुझेन यो । जात्रा मनाउनै परे अरू नै नाम दिएर मनाए भो नि । हाम्रो नाउँ लिएर किन जात्रा गर्ने ?

Nepal Telecom ad

पिँडालु पण्डित :

गुहार – गुहार – गुहार ।
हाम्रा कुरा सुन्ने कोही भएनन् यहाँ !
गुहार – गुहार – गुहार ।
बचाओ – बचाओ – बचाओ ।
बेलुका ढिलो सुतेकाले भगवान् विष्णु च्यादरले मुख छोपेर अभैmसम्म पनि घुरेर मज्जाले सुतिरहेकै थिए । बिहान अलिक ढिलासम्म सुत्ने बानी छ उनको । अनि मात्र दाह्री काट्ने, नुवाइधुवाइ गर्ने, चिया खाने र भेटघाटमा आउनेसँग यसो गफिने क्रम चल्छ ।

लक्ष्मीलाई खुब सफासुग्घर चाहिन्छ जहिले पनि । उनी सधैँ भैmँ बिहानै उठेर घर आँगनमा कुच्चो लगाउँदै थिइन् । आज एकाएक यस्तो स्वर सुनेपछि उनी छक्क परिन् । एकाबिहानै यस्तो आपत्कालीन स्वर ! अचम्म भो । कतै भ्रम त भएको हैन मलाई ! भन्दै ठिङ्ग उभिएर सुस्त गरी कान थापिन् । फेरि उस्तै आवाज । हुबहु अघि जस्तै अवाज-
गुहार – गुहार – गुहार ।
हाम्रा कुरा सुन्ने कोही भएनन् यहाँ !
गुहार – गुहार – गुहार ।
बचाओ – बचाओ – बचाओ ।
स्वर्ग । त्यसमाथि नारायणलोक ।

हैन ! यस्तो आपत्कालीन स्वर त विष्णुप्रिया भएर म यहाँ आएदेखि अहिलेसम्म कहिल्यै सुनेकी थिइनँ । कहाँ के भयो आज ! मलाई कतै साँच्चै त्यस्तो भ्रम भएको त हैन ? चङ्गा हुनका लागि उनले उभिएरै दायाँबायाँ गरेर यसो टाउको हल्लाइन् । अहँ ! मलाई केही भएको छैन । फेरि सुनिन्, फेरि उस्तै आवाज । चौराएर सुनिन्, फेरि उस्तै आवाज । हुबहु आप्mनै जस्तो आवाज ! एकाबिहानै चकित परिन् लक्ष्मी ।

स्वर सुनिन्छ तर कताबाट आइरहेछ थाहा छैन । संसारको रक्षा गर्ने जिम्मा लिएका विष्णुका कान कुम्भकणर्का जस्ता छन् । सानोतिनो आवाजले उनी बिउँझदैनन् । उनलाई बिउँझाउन ठुलै स्वर गर्नुपर्छ । अहिले मान्छेका सहरहरूमा टोल टोलमा आपत्कालीन साइरन जडान गरे जस्तै गरी स्वर्गमा पनि ठाउँ ठाउँमा ढलोटका ठुल्ठुला घण्ट झुन्डाइएका छन् । त्यसमध्ये पनि नारायण निवासमा रहेको सबैभन्दा ठुलो घण्ट त उनको ढोकामै झुन्डाइएको छ ।
लक्ष्मीले ठुलै आपत् परेको ठानेर ठुलै आँटले ठुलै स्वरमा घण्ट ठोकिन् ।

दुई मिनेटजति घण्ट बजाएपछि आँखा रातो पारेर विष्णु जर्‍याक्जुरुक उठे । निद्रा पुगेको रहेनछ । दुई हातले आँखा मिचे । कोठामा बत्ती बलेको थिएन । सुत्दा सधैँ बत्ती निभाएरै सुत्थे । यसो यताउति ओछ्यान छामे । सँगै सुतेकी लक्ष्मी छैनन् । दायाँ बायाँ नियाले देखिइनन् । राम्री स्वास्नी हुनु पनि डरै हुन्छ भन्ने उनलाई पहिलेदेखि लागिरहेको थियो । त्यसमाथि धनकी अधिष्ठात्री । जोगाउनै गाह्रो । विष्णुलाई अहिले पनि त्यही कुरा मनमा आयो । त्यसमाथि आपत्कालीन घण्ट बजेको छ । उनी निकै आत्तिए ।

विगतमा निरन्तर यही कुरा खेलाइरहने उनमा अहिले पनि एक्कासि यही सोच पलायो । यतिखेर अकस्मात पलाएको यही सोच बोकेर लौन के भो ! भन्दै राती सुत्दा कन्दनीमा सिउरेको ठाडो धोतीकै भरमा हस्याङफस्याङ गर्दै उनी ढोका बाहिर निस्के र चारैतिर नियाले ।

आत्तिएको अनुहारमा घण्ट बजाइरहेकी रहिछिन् लक्ष्मी । अगाडि लक्ष्मीलाई देखेपछि मन केही शान्त भयो विष्णुको । अघिको अत्याहट हरायो । शङ्का सत्यमा परिणत भएन । लक्ष्मीछेउ गएर पाखुरा समात्दै विष्णुले भने- के भो लक्ष्मी ! किन यसरी उज्यालै नभईकन यसरी आत्तिएर घण्ट बजाएकी ? त्यो पनि आपत्कालीन घण्ट ! के भो ? चोर आयो कि ? अथवा, कुनै जन्तु जनावर आएर यसो गरेकी कि ? कि कोही मेरो वृद्धावस्था देखेर तिमीलाई दागा धर्न आयो ?
भन त किन यसो गरेकी ?

अघि विष्णु नउठ्दै उनी उठेर बाहिरिएकीले प्रातःकालीन ढोग बाँकी नै थियो । लक्ष्मीले सदाको बिहानीमा भैmँ मुन्टो निहुराएर पतिदेव विष्णुका पाउमा शिर राखिन् । लक्ष्मीको शिर आप्mना पाउमा परेपछि विष्णुले छुट्टै किसिमको शीतल अनुभूति गरे । आपूmले पनि निहुरिएर लक्ष्मीको टाउको च्याप्प समातेर उठाए र आशीर्वाद दिँदै भने- ‘जीवनभर तिमीले म बाहेक अरूलाई पति मान्न नपरोस् ।’

यी पात्तिएका बुढा सधैँ यस्तै हुन् भनेर पतिको ठट्टाभावलाई लक्ष्मीले कुनै वास्तै गरिनन् । बरु, अघि आपत्कालीन घण्ट बजाउनाको कारण खोल्दै उनले भनिन्- यसो शान्त भएर सुन्नोस् त पतिदेव, यो मेरो जस्तै स्वर गरेर आपत्कालीन अवस्थामा कराउने को हो ? कहाँ को कराएको हो ? कसलाई कहाँ के आपत् परेछ भनेर मैले यो घण्ट बजाएको हुँ । ध्यानदृष्टिले विचार गर्नुस् त पतिदेव, कहाँ के भएको हो ? विष्णुले अघिको ठट्ट्याउलो मनोभावलाई बिर्सेर यसो कान थापे ।
गुहार – गुहार – गुहार ।
हाम्रा कुरा सुन्ने कोही भएनन् यहाँ !
गुहार – गुहार – गुहार ।
बचाओ – बचाओ – बचाओ ।
हो, तिम्रै जस्तो स्वर छ । पख, म ध्यानदृष्टिले विचार गर्छु कहाँ के भएको रहेछ भन्दै उनी ध्यानदृष्टिमा बसे । छिनभरमै उनले मत्र्यलोकको नेपाल खण्डका गाईहरू कराएको कुरा पत्ता लगाए । त्यही कुरा लक्ष्मीलाई बताए । अहो ! ती त मेरै प्रतिरूप हुन् । म जस्तै गरी पुजिन्थे तिनीहरू त्यहाँ । मेरै प्रतिरूप सम्झेर पुजिने गरेका ती गाई यहाँसम्म आवाज आउने गरी आज किन यसरी कराए ? तिनलाई कसले के गर्‍यो होला र यसरी कराएका होलान् ? लक्ष्मी चकित परिन् ।

घर आँगन बढार्ने र लिपपोत गर्ने काम एकछिन थाती राखेर उनले मत्र्यलोकको नेपाल खण्डमा रहेकी दिदी नाताकी एक वृद्ध गौमातालाई फोन लगाइन् । नेपालका टेलिफोनका टावर र युरोप अमेरिकाका मानिसमा रहेको मानवता एकै किसिमको छ । कतिखेर फ्याट्ट हो जस्तो, कतिखेर छैन । पहिल्याउनै मुस्किल । भेट्टाउनै मुस्किल । निकै प्रयास गरेपछि बल्ल फोन लाग्यो । तैपनि आवाज राम्रोसँग आइरहेको छैन ।
हेलो ! हेलो ! हेलो !
हेलो ! हेलो ! हेलो !
को ? दिदी बोल्नुभएको हो ?
आप्mनो परिचय नै नदिई लक्ष्मीले प्रश्न गरिन् ।

स्वर्गलोकी लक्ष्मीको स्वर सुन्नेबित्तिकै यता वृद्ध गौमाताले उनको स्वर पहिचान गरिहालिन् । वृद्ध गौमाताले प्रत्युत्तर लगाउँदै भन्न थालिन्- हो नानी, हो । गोठ कुर्ने जिम्मा पाएकी तिम्रै दिदी गाई हुँ म । कहीँ हलचल गर्न सक्तिनँ । दिएको खान्छु, गोठ कुर्छु र यहीँ पल्टिरहन्छु । मान्छेका त कुन्नि के के ज्येष्ठ नागरिक, महिला, अपाङ्गता भएका, आदिवासी, मधेसिया, पहाडिया, हिमालिया, पिछडिएका, बाङ्गा, टिङ्गा जस्ता कुन्नि के के नाम झुन्ड्याएर थोरबहुत के के सुविधा हुन्छ क्यार ! जस्तै भए पनि राज्यले अलि अलि सहयोग गर्छ क्यार । हामीलाई त कसले वास्ता गर्नू ? कराउन सक्तैनौँ । दुध दिन सकुन्जेल स्याहारसुसार गर्थे, मिठो पोसिलो तातो चिसो खान दिन्थे । सफासुग्घर राखिदिन्थे । अब त इः दुध दिन पनि नसक्ने, खुट्टा पनि नचल्ने भएपछि कसले हेर्छ ! त्यसमाथि अचम्मका भा’छन् यहाँका मान्छे अहिले । पहिला जस्ता छैनन् । ज्यान जोगाएर बस्नै पनि गाह्रो भ’को छ ।

अनि, आज कहाँबाट सम्झ्यौ त नानी ? अचम्मै भो नि ! धेरै भो नानीसँग कुराकानी नभएको पनि । कहिलेकाहीँ तिमीले फोन सम्पर्क गर्‍यौ भने कुराकानी हुने हो, होइन भने कसले सम्झिन्छ र हामीलाई ? अनि के छ त्यताको खबर ? वृद्ध गौमाताले एकै सासमा यति सबै कुरा लक्ष्मीका सामु राख्न भ्याइन् ।

वृद्ध गौमाताको जिज्ञासामा लक्ष्मी भन्न थालिन्- ज्वाइँ पनि निकै बुढा भइसक्नु भो, पहिला जस्तो हुनुहुन्न । तैपनि यताको चिन्ता नलिनुस् दिदी । ठिकै छ । यहाँ सबै सुखशान्ति छ । जसोतसो गरेर पनि घर व्यवहार भाँडिन दिएका छैनौँ । चलेकै छ । अनि, त्यताचाहिँ के भएको हो ? बिहान बिहानै हारगुहार र बचाओ, बचाओ जस्ता आपत्कालीन आवाज सुनेका थियौँ । निकै अप्ठ्यारोमा परेर कराएका जस्ता । म त साह्रै आत्तिएँ पनि । कताको के आवाज भन्नेसम्म पनि पत्ता लगाउन सकिनँ । ज्वाइँले ध्यानदृष्टिले विचार गरेर पो मत्र्यलोकका नेपाल खण्डका गाई कराएका रहेछन् भनेर पत्ता लगाउनु भो । अनि पो तपाईंसँग फोन सम्पर्क गरेकी । यथार्थमा के भएको हो दिदी त्यहाँ ? किन त्यसरी हारगुहार गरेका त्यहाँका गाईले ? के आपत् पर्‍यो तिनलाई र त्यसरी कराएका ? मलाई त छटपटी भो ! खुलस्त कुरा गर्नुस् त दिदी के भएको हो ?

बहिनी लक्ष्मीको जिज्ञासा सुनेपछि मत्र्यलोकको नेपाल खण्डमा रहेकी वृद्ध गौमाताले सबैभन्दा पहिला चाणक्य नीतिको एउटा श्लोक हालिन् –
नातेन्तं सरलैर्भाव्यं गत्वा पश्य वनस्थलिम् ।
छिद्यन्ते सरलास्तत्र कुब्जा तिष्ठन्ति पादपा ॥
बुझ्यौ नानी यहाँ पनि यस्तै भएको छ । यहाँ कतै पनि सोझाको स्थान छैन । बाङ्गाटिङ्गाहरूले आफ्नै कीर्तन गाएका छन्, आप्mनै भुँडी भरेका छन् । तिनै बडो ऐसआरामले बसेका छन् । दायाँ बायाँ सोझासाझाको कुनै मूल्याङ्कन छैन । त्यस्ताले ज्यान जोगाउनै पनि गाह्रो छ यहाँ, अरू त के कुरा । आज पनि हाम्रा अरू सबै दिदीबहिनी गाईहरू अब त अति भो भनेर जुलुसमा गा’छन् । म मात्र कतै चल्न नसक्ने भएर गोठ कुरेर बसेकी छु । अब आन्दोलन कि कुन्नि के गर्ने भनेर सल्लाह गर्दै थिए उनीहरू । म त मिलाएर भन्न पनि जान्दिनँ । त्यही आन्दोलनमा जाँदा केही अप्ठ्यारो पर्‍यो कि त तिनलाई ? भरे तिनीहरू आएपछि नै सबै कुरा बुझ्नुपर्छ नानी ।

आन्दोलनमा गएकासँग सम्पर्क गर्ने कुनै माध्यम छैन ? लक्ष्मीले प्रश्न गरिन् ।
ए ! अँ, छ । आन्दोलनकी नाइके बनेर गएकी कैलीको सम्पर्क नम्बर छ मसँग । एकै छिन पख है त, यहाँ कता कहाँ लेखेर राखेकी थिएँ, म खोज्छु ।
आन्दोलनकी नाइके कैलीको नम्बर टिपाइदिइन् वृद्ध गौमातले । अघि जस्तै टावर टिप्न गाह्रो भो टेलिफोनको । दुई तीन पटक डायल गरेपछि फोन लाग्यो ।
हेलो ! हेलो ! हेलो !
कैली बोलेकी हैनौँ ?
म लक्ष्मी दिदी स्वर्गबाट ।
हालखबर के त त्यहाँको ? त्यहाँ तिमीहरूलाई केही आपत्विपत् पर्‍यो कि जस्तो लागेर खोजखबर गरेकी । तिमीहरूले अघि त्यहाँ हारगुहार गरेको यहाँसम्म सुनिएको थियो । तिम्रो भिनाजुले यो त मत्र्यलोकको नेपाल खण्डका गाई कराएका हुन् भनेर ध्यानदृष्टिले पत्ता लगाउनु भो । अनि पो के भएछ त बहिनीहरूलाई भनेर फोन सम्पर्क गरेकी ? चिन्यौ मलाई ? कुरा गर्न मिल्छ नि ?

बोलीको स्वरबाटै लक्ष्मी दिदी भनेर चिनिसकेकी थिइन् कैलीले । लक्ष्मी दिदीको खोजखबरीले उनको मन औधी खुसी भो । उनले अरू कुरा बताउनुअघि सुरुमै ‘दिदी दर्शन गरेँ’ भनेर औपचारिक अभिवादन गरिन् लक्ष्मीलाई । अनि, दिदीको जिज्ञासा पूरा गर्न थालिन् ।

हेर्नुस् न दिदी आज गाईजात्रा रे ! हाम्रो नाउँमा जात्रा गरेर मान्छेहरू मजा लिने रे । मान्छेको स्वार्थपूर्तिका लागि हाम्रो जात्रा गर्ने ? हामीलाई पटक्कै चित्त बुझेन यो । जात्रा मनाउनै परे अरू नै नाम दिएर मनाए भो नि । हाम्रो नाउँ लिएर किन जात्रा गर्ने ? हामीले के के न उपद्रो गरे जस्तो । गर्न हुने नहुने चाहिँदो नचाहिँदो गर्ने उनीहरू, अनि जात्राचाहिँ हाम्रा नाउँमा मनाउने ? मान्छेका यी र यस्तै क्रियाकलाप हामीलाई पटक्कै चित्त बुझेन दिदी । अनि, यस विषयमा छलफल गर्न हाम्रो बृहत् बैठक बस्यो । बैठकले यस दिनलाई हाम्रो स्वतन्त्रता दिवसका रूपमा मनाउने निणर्य गर्‍यो । अनि हामी ठाडो पुच्छर लगाएर शहीदगेट, नयाँ सडक, इन्द्रचोक, असन, भोटाहिटी, नारायणहिटी, पुतलीसडक आदि स्थानको परिक्रमामा गयौँ । एक हिसाबले मान्छेले हामीप्रति गरेको व्यवहारको विरोध थियो यो ।

यस विरोध प्रदर्शनका क्रममा हामीले विभिन्न नारा पनि लगायौँ । हक अधिकारका कुरा उठायौँ । हामीले उनीहरूका संविधानमा हामीलाई जनावर भनेका कुरामा पनि प्रश्न गर्‍यौँ र ठाडो विरोध जनाउँदै भन्यौँ – हामी जनावर कि तिमीहरू जनावर ? भनेर । हामी त सोझासाझा प्राणी हौँ, आप्mनो सोझो गर्छौँ खान्छौँ, बस्छौँ । तिमीहरू पो चाहिँदो नचाहिँदो गर्छौ र जनावरको जस्तो व्यवहार देखाउँछौ । अनि, उल्टो जनावर चाहिँ हामीलाई भन्ने ? हामीले कडा रूपमा प्रतिवाद गर्‍यौँ यस कुराको । उनीहरूले उनीहरूको सम्पूणर् मानवीय शक्ति लगाएर हामीमाथि लाठी बर्साए । अन्धाधुन्ध लाठी प्रहार गरे ।

अनि अर्को चित्त नबुझेको कुरो । हामी जस्ता जाँड, रक्सी, गाँजा, भाँङ, धतुरो केही नखाने सोझा प्राणीलाई उनीहरूले बलजफ्ती जाँडको कट खुवाए । हाम्रा इच्छाविरुद्ध हामी जँड्याहा बन्न बाध्य भयौँ । अब उनीहरूले घाँस, पानी, पिठो, कुँडो केही नदिने रे हामीलाई । अनि त्यसभन्दा पनि पीडाको कुरो हाम्रा मर्दाना सन्तानलाई जन्मदै हामीलाई थाहै नदिई गायब पार्न थाले यिनले । हरतरहले पाइला पाइलामा हाम्रो हुर्मत लिन थाले । अनि हाम्रा लागि आन्दोलन रहर र उनीहरूको नक्कल नभएर बाध्यता बन्यो । अनि हामी बाध्य भएर आन्दोलनमा उœयौँ दिदी । दिनप्रतिदिन विकसित भइरहेको यिनीहरूको अवस्था हेर्दा त अब हामीलाई यहाँ ज्यान जोगाउन पनि धौ धौ होला जस्तो छ दिदी ।
अनि नकराएर, हारगुहार नगरेर भो दिदी ? चुप लागेर यहाँ कसले के पाएको छ र ?

ए, अझ एउटा कुरा त अभैm भन्न बिर्सेछु दिदी मैले त । भनूँ ? लक्ष्मीले आप्mना कुरा निर्धक्कसँग खुलेर राख्न अनुमति दिइन् कैलीलाई । कैली भन्दै थिइन् – हामीले यहाँ बसुन्जेल पनि लखेटिनुपर्छ । खेदिनुपर्छ । सानो गल्तीमा पनि कुटिनु चुटिनुपर्छ । अहिले त हाम्रा कुराको केही सुनुवाइ नै हुन छाड्यो यहाँ । उहिले उहिले हाम्रा दुधमा आँखा लगाउनेहरू अहिले जिउमै आँखा लगाउन थाले । थाहा छैन हामीहरूलाई कहाँ कतिखेर के हुनुपर्छ भनेर । यहाँ बसुन्जेल पनि लखेटिनु मात्र नभएर कहिलेकाहीँ रातौँरात अनकन्टार जङ्गलैजङ्गलको बाटो हिँडेर विदेशिनुपर्छ हाम्रा दिदीबहिनीले । त्यतिखेर हामीसँग न राहदानी हुन्छ न कुनै देशको भिसा । विनाअनुमति लुकीलुकी परमुलुकमा जाँदा के गति होला हाम्रो । अनिश्चित छ दिदी हाम्रो भविष्य । कुरा गरिसाध्य छैन । उहिले यस्तो थिएन । अहिले त के भो ! के भो ! चारैतिर त्रासैत्रास । ढुक्कले चर्न पनि पाउँदैनौँ हामी त ।

कुरा गर्‍यो भने तिमीहरू राष्ट्रिय जनावर, कानुनी रूपमै त्यति ठुलो स्थान दिएकै छौँ नि भन्छन् । व्यवहारमा केही न केही । अझ यथार्थमा चाहिँ संविधानमा जोडिएपछि हामी झन् धरापमा पर्न थाल्यौँ । त्यहीँबाट हेपिन थाल्यौँ, त्यहीँबाट पेलिन थाल्यौँ । संविधानप्रति प्रश्न उठाउनेहरूले हामीलाई पनि असन्तुष्टिको अचानोमा तेस्र्याउन थाले । संवैधानिक हिसाबमा सार्वजनिक महत्त्वका प्राणी भएर पनि हामीलाई ज्यान जोगाउन धौ धौ भो दिदी यहाँ त । बाहिर एउटा कुरो भित्र अर्को कुरो ।

अनि, यी कुरा तिमीहरूले तिमीहरूका पोइलाई भनेनौ त ? तिमीहरूको सुरक्षाका विषयमा त तिनले पनि कुरो उठाउनु पर्ने हो नि । नत्र केका पोइ ? निकै क्रोधित मुद्रामा प्रस्तुत भइन् लक्ष्मी ।

लक्ष्मीको क्रोध शान्त पार्न कैली अगाडि भन्दै थिइन् – हाम्रा त अरूका जस्ता पोइ होइनन्, पोइ पनि गोरु परे दिदी । केही बुद्धि नै छैन ती गोरुहरूको । तिनलाई के माता के अरू ! चौबिसै घण्टा आफ्नै मात्र भुँडी भर्न तल्लीन यी गोरुहरूले हाम्रा लागि के गर्थे ? के बोल्थे ? अरूका अगाडि ताइनतुइसँग डुक्रिने मात्र हुन् यी त । केही गर्न सत्तैmनन् यिनले । यिनबाट हामीले केही आस गर्नु नै बेकार छ दिदी । भो यी गोरुहरूका कुरा नगरौँ दिदी । यिनीहरूको कुरा गरेर समय खेर नफालौँ । यी सबै गोरु हुन्, गोरु ! जस्तो बुद्धि त्यस्तै व्यवहार ।

०००
२०८०/५/१६
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जुँगा निर्मूल अभियान

जुँगा निर्मूल अभियान

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
निरन्तरताको क्रमभङ्ग

निरन्तरताको क्रमभङ्ग

पिँडालु पण्डित
खासखुस

खासखुस

पिँडालु पण्डित
पुर्पुरो

पुर्पुरो

पिँडालु पण्डित
पाटी पार्टीका कुरा

पाटी पार्टीका कुरा

रामप्रसाद पन्थी
चोरहरु

चोरहरु

कृष्ण उफान
आश्वासन

आश्वासन

सुरेशकुमार पाण्डे
भाषण गर्न सिक्नुस् !

भाषण गर्न सिक्नुस् !

हरिशंकर परसाईं
समकालीन योगको ‘आसन’ र पेटको ‘भाषण’

समकालीन योगको ‘आसन’ र...

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x