साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुन्दरे/सुन्दरी ईसतोत्र

भुँडी तिम्रो घ्याम्पो जत्रो, सिसिलखुट्टी खुट्टा, मान्छे हेर्दा अति सुन्दर, डढे जस्तो ठुटा । यस्तो हेन्डसम सुन्दरेको वणर्न गर्नु कति ! सुन्दरेजी घरमा बस्दा बाल्नै पर्दैन बत्ती ॥

Nepal Telecom ad

विनोद खनाल :

१. सुन्दरे ईसतोत्र

खुइलिएको तालु हेर्दा लाग्छ ऐना जस्तो,
सिन्का जस्तो हात लामु मासु छैन जस्तो ।
जुँघा रछन कैला कैला हाब्रे मुख माथि,
ढाड कुप्रो परेको छ,कुखुरे त्यो छाती ॥

जीउ तिम्रो भाटो जस्तो बोली लट्याङ्ग्रो छ,
निधार चैं बाँदरको झैं आँखा बल्ड्याङ्ग्रो छ ।
औंला रछन अदुवा झैं, सुकेको त्यो गाला,
जीउभरि नशै नशा, सेतो दुबी छाला ॥

भुँडी तिम्रो घ्याम्पो जत्रो, सिसिलखुट्टी खुट्टा,
मान्छे हेर्दा अति सुन्दर, डढे जस्तो ठुटा ।
यस्तो हेन्डसम सुन्दरेको वणर्न गर्नु कति !
सुन्दरेजी घरमा बस्दा बाल्नै पर्दैन बत्ती ॥

२. सुन्दरी ईसतोत्र

ओडार जत्रो मुख तिम्रो लौका जत्रो नाक,
फर्सी जत्रो स्तन तिम्रो घ्याम्पो जत्रो चाक ।
आँखा तिम्रो गोलभेंडा झै तार जस्तो केस,
हिलटेक जत्रो जीउ तिम्रो कटर जस्तो फेस ॥

उछिट्टिएका दाँत तिम्रा च्याउ जस्ता कान,
पुरेतले जुराएको ढालमाया नाम ।
मैसासुरसित तिम्रो परेछ है लभ,
तिम्रो रुप देख्दाखेरि दङ्ग पर्छन् सब ॥

यस्ती राम्री सुन्दरीको वणर्न अति गर्छु,
तिमीलाई पाइन भने डाडुमा डुबी मर्छु ॥

०००
धुलाबारी, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठोक्तक

पाँच ठोक्तक

विनाेद खनाल
बिर्सने बानी

बिर्सने बानी

विनाेद खनाल
हाउडी पुराण : एक संक्षिप्त चर्चा

हाउडी पुराण : एक...

विनाेद खनाल
जय बुढी

जय बुढी

विनाेद खनाल
गाईजात्रे सरकार !

गाईजात्रे सरकार !

विनाेद खनाल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x