सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मानिसहरू नरहेका राज्य

मानिसहरू नरहेका राज्यमा कुन क्षणले सिसार दिइरहेको छैन पीडा बटुलिरहेकी आश्रयविहीन बालालाई मसाने वैराग ? जून रमाइलो लाग्ने आँगन अर्कै हुन्छ मानिसहरू रहेर राज्य गर्ने राज्य अर्कै हुन्छ ।

Nepal Telecom ad

पूर्णविराम :

आरक्षित गुफामा रहेका संरक्षित बालाका गोडाहरूका निम्ति
जमिनमा कहीँ कतै बनेका होलान् खल्यार्ङखुट्टीका निम्ति
कोठाहरू अँध्यारोकै संरक्षण गर्न पूर्वबाट पनि चलेको थियो बन्दुक
र अलिकति उज्यालोको निम्ति बोलेको थियो पश्चिमबाट बन्दुक
पूर्वको बन्दुकले लिएको बायाँ गोडा र
पश्चिमको बन्दुकले लिएको दायाँ गोडाको कथा हाल्दै
एउटा चटाईमा बसि हेकी आश्रयविहीन बालाको निम्ति
जमिनमा कहीँ कतै बनेको खल्यार्ङखुट्टीको कोठाले राख्छ के अर्थ ?
खल्यार्ङखुट्टी खेल्ने रहरमा चट्टान भएर जमेको छ बरफ
मानिसहरू नरहेका राज्यमा लागि रहँदा कहीँ कतै घाम
राख्छ के गोडा गुमाएकी बालाको निम्ति घामले अर्थ ?

हरेक मौसममा आगोको गाता प्रदर्शन गरेर
र भुइँमा खसेर विलुप्त भइ सकेको आगोलाई
ओठबाट टिपनटापन गरेर
ओरालोतिर उदाइरहेछ एक मुट्ठी अभद्र कार्निबल
उत्सवभित्र अन्तर्ध्यान भएको छ बालाको आँखाबाट झरेको आँसु
कस्तो हुँदोरहेछ मानिसहरू नरहेका राज्य !
पटक पटक बोकाकै रगत खान माग्ने देउताहरू कस्ता हुँदारहेछन्
समयले देखाइ रहेको छ सरहपाहरू मरेका राज्य
र दरियाहरू प्रकट हुनबाट बन्चित रहेको राज्य
घाउ पखालेर धुन नसक्ने रिट्ठाहरू झुन्डेका छन् रुखहरूमा
र तिनलाई हेरि रहेकी बालाको ओठमा नफुलेर विषाद
कसरी लटरम्म फुल्न सक्छन् र मुस्कानका प्रसूनहरू ?

मानिसहरू नरहेका राज्यमा बतासले ठुलो कैँची बोकेर
काट्दैन डरलाग्दा भेडाका शरीरका रौँहरू र बनाउँदैन
त्यसले आश्रयविहीन बालाका निम्ति न्यानो राडी र तातो पाखी
मानिसहरू नरहेका राज्यमा
कुन क्षणले सिसार दिइरहेको छैन पीडा बटुलिरहेकी
आश्रयविहीन बालालाई मसाने वैराग ?
जून रमाइलो लाग्ने आँगन अर्कै हुन्छ
मानिसहरू रहेर राज्य गर्ने राज्य अर्कै हुन्छ ।

मानिसहरू नरहेका राज्यमा झाँगिदै छन् कदमका रुखहरू
छहारी जन्माउने शुक्रकीटहरू कुनै रोग नलागिकनै मर्छन्
मानिसहरू नरहेका राज्यमा आश्रयविहीन बालाका निम्ति
कुनै पनि ऐनाहरूले बनाउँदैनन् बुई र खेलाउँदैनन् हारबारा
राज्यले दिइरहन्छ निर्दयी राजाहरूका नै आदेश सापटी लिएर
आश्रयविहीन बालालाई रोएर नै ऋतुहरूलाई पगाल्नु भनेर ।

०००
‘कविता – १००’ (२०७१)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
धरोधर्म गर्छु (२३)

धरोधर्म गर्छु (२३)

डिल्लीप्रसाद मूलतिहुन
पानीमाथिका सपनाहरू

पानीमाथिका सपनाहरू

केशव ज्ञवाली ‘आगत’
बेताल छ

बेताल छ

प्रकाश अर्याल ख
कौडी जिन्दगी

कौडी जिन्दगी

पुन्य कार्की
चञ्चल मन

चञ्चल मन

विष्णुहरि पाैडेल
गुमनाम

गुमनाम

सुशील रिजाल