साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भिनाजु

थोरै छ काम धेरै फुर्सत छ भिनाजुलाई तासमा ऐना हेरेर भिनाजु दिन काट्नु हुन्छ । फूलमतीको तिर्खामा भिनाजु रित्तिएको दिन सौभाग्य बेचेर दिदीनै घर धान्नु हुन्छ ।

Nepal Telecom ad

जयन्ता पोखरेल :

भिनाजुको जीवनमा
दिदीको ओछ्यान सरेपछि
स्वप्निल रातको शीत नसुक्दै
मर्मको पुरानो आरम्भ
दिदी अगेनु जोरेर गर्नुहुन्छ
नीद विछ्याएर झिसमिसेमा
भत्किरहने पिढी
दिदी सधैँ लिप्नु हुन्छ ।

घाम छिचोलेर ब्यूँझनुहुन्छ भिनाजु
पाखा जाने लोटा
दिदी पानीले भरिदिनु हुन्छ
खाँबोझै ठिड्ङ उभिनुहुन्छ जुठेल्नामा भिनाजु
नरक शुद्धीमा
दिदी नै खरानी पानी दिनुहुन्छ ।

मिठासे हुनुहुन्छ भिनाजु
मसिनो चामलझैँ ताउलोमा
दिदी लतक्क पाक्नु हुन्छ दाल भात झैँ
कस्तुरी यौवन मुछ्नुहुन्छ भिनाजुसँग
समर्पित साथ
दिदी सिँत्तै ओछ्याउनु हुन्छ ।

जूनको टहकझैँ
सुकिलो देखिनुहुन्छ भिनाजु
सुकुमारी यौवन घिसारेर पधेँरासम्म
भिनाजुको स्निग्धता दिदी नै ओसार्नुहुन्छ
जुठो पखालेर संघार छोड्नुहुन्छ भिनाजु
हातमा रुमाल दिदी नै राख्नुहुन्छ ।

थोरै छ काम
धेरै फुर्सत छ भिनाजुलाई
तासमा ऐना हेरेर
भिनाजु दिन काट्नु हुन्छ ।
फूलमतीको तिर्खामा
भिनाजु रित्तिएको दिन
सौभाग्य बेचेर दिदीनै घर धान्नु हुन्छ ।

भिनाजुले तान्ने डोरीको डोरमा
कठपुतलीझैँ नाचिरहन्छ दिदीको सिन्दुरे मन
रक्सीको प्यासले खोक्नु हुन्छ भिनाजु
दिदी नै कोपरा थाप्नु हुन्छ ।

अठार प्रहर धमाधम छ दिदीलाई
कति खाई ? के के लाई ?
एकसरो खर्चको हिसाब
भिनाजु सधैं राख्नु हुन्छ ।

म झैँ, मुख लाग्नु हुन्न एकछिन
म झैँ, छेड हान्नु हुन्न एकदिन
डोली ओर्लिएको आँगनीमा
मैन झैँ दिदी रहर गाल्नु हुन्छ ।

म बस्ने सहरको के कुरा ?
समयलाई फिमेलिजम गनाइरहँदा
भिनाजुको कडकसँग
दिदी थर्रर काँप्नुहुन्छ ।

०००
झापा, (हाल काठमाडौं)
‘साउती’ (बाह्रौं भाग)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लासको सङ्ग्रहालयमा

लासको सङ्ग्रहालयमा

जयन्ता पोखरेल
म हातहरू

म हातहरू

जयन्ता पोखरेल
चौसठ्ठी चिन्तन

चौसठ्ठी चिन्तन

हाेमनाथ घिमिरे
कहाँ छ प्रतिशाेध ?

कहाँ छ प्रतिशाेध ?

चन्द्रप्रसाद न्याैपाने
शैतानको बगान

शैतानको बगान

प्रा. कपिल अज्ञात
गधा र मेरो यात्रा

गधा र मेरो यात्रा

तिला लेकाली
0
Would love your thoughts, please comment.x
()
x