साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मलाई मन्त्री दिनुस्

अनि मेरो उदारता नेपालले चिनोस् मन्त्री पदमा राखी मन बहलाइ दिनोस् बरु दिनको दस पटक नमस्कार नै लिनोस् मलाई मन्त्री अवश्य नै दिनोस् लौ न हे प्रभु ! बिन्ती सुनिदिनोस् !!

Nepal Telecom ad

जनकवि केवलपुरे किसान :

प्रभुको पाउको म सफा धुलो हुँ
दुनियाँको भने म आँखाको फुलो हुँ
मेरो मैलो अनुहार जनताले चिनोस्
मलाई मन्त्री अवश्य नै दिनोस्!!

खुल्ला रहोस् सधैँ हजुरको दरबार
हाजिरै रहने छु पाउमा बारम्बार
चाहे यो नेपाल अर्कैले किनोस्
मलाई मन्त्री अवश्य नै दिनोस्!!

प्रजातान्त्रिक पद्धतिमा दुनियाँ ढाल्ने छु
क्रान्तिकारी कदम म आफै चाल्ने छु
अनि बेलाबेलामा पुग्ने छु दिल्ली धाम
उहीँ फत्ते गर्ने छु नेपालीको सारा काम !!

विदेशी हस्तक्षेपको घोर विरोध गर्ने छु
कलकत्ताको मैदानमा प्रेस सम्मेलन गर्ने छु
चाकडीमा पहिलो नाम मेरो नै लिनोस्
मलाई मन्त्री अवश्य नै दिनोस् !!
प्रभो ! बिन्ती सुनिदिनोस् !!

भरमग्दुर उद्योग मुखैले गर्ने छु
गरिबका अनुहारमा कर्के आँखा तर्नेछु
श्रीमतीजीको म सारै प्यारो बन्ने छु
उनैको काखमा मासिक तलब गन्ने छु
आफ्ना नाताजतिको गरिदिने छु उद्धार
अरुको चाहिँ पछि हुँदै गर्छ विचार !!

अनि मेरो उदारता नेपालले चिनोस्
मन्त्री पदमा राखी मन बहलाइ दिनोस्
बरु दिनको दस पटक नमस्कार नै लिनोस्
मलाई मन्त्री अवश्य नै दिनोस्
लौ न हे प्रभु ! बिन्ती सुनिदिनोस् !!

०००
‘नौलो पाइलो’ (वि.सं. २०१३ साल)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देवकोटालाई चिठी

देवकोटालाई चिठी

केवलपुरे किसान
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x