विद्यादेवी र हरिप्रसादका सुपुत्र देवीप्रसाद पाैडेल नै कवि केवलपुरे किसानका नामले सुपरिचित छन् । उनकाे जन्म वि.सं. १९८३ चैत्र २९ गते केवलपुर, धादिङमा भएकाे हाे । केवलपुरेको पहिलो प्रकाशित रचना ‘आह्वान’ शीर्षकको कविता हाे । याे २००५ सालमा ‘युगवाणी’ पत्रिकामा प्रकाशित भएको थियो । उनकाे ‘बाघ आयो’ (२००९) पहिलो प्रकाशित कृति हाे भने भने ‘नेपाल नछो !‘ (२०१०), ‘समातेर पछार‘ (२०१२), ‘छिःछिः‘ (२०१५), ‘सङ्घर्षको ठीक गर‘ (२०१६), ‘शङ्कैशङ्का‘ (२०५४), ‘बोकी खस्यो‘ (२०५४) लगायत कृति प्रकाशित छन् । ‘गोकुल साहित्य पुरस्कार’ (२०५३), ‘युद्धप्रसाद मिश्र पुरस्कार’ (२०६५) लगायत थुप्रै पुरस्कारबाट पुरस्कृत व्यक्तित्व किसानकाे देहान्त २०६८ साल असोज २१ गते भएकाे हाे ।
मलाई मन्त्री दिनुस्
जनकवि केवलपुरे किसान : प्रभुको पाउको म सफा धुलो हुँ दुनियाँको भने म आँखाको फुलो हुँ
पुरा पढ्नुहाेस्देवकोटालाई चिठी
तिम्रो देश यहाँ रूँदै छ अहिले काढी पसिना भल सिङ्गै देश अहो रूखो भईसक्यो को गर्छ
पुरा पढ्नुहाेस्

kewalpure kisan

























