साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीजकी श्रीमती

उड्दा कर्कश पश्चिमी पवनका कौवा गवैया बनी सोध्छन् कोकिलका सनातन-गला को हो तँ को हो भनी चाँदी ला सुन ला मुगा र मणि ला चाहे र पाए जति छाडा गीत नगाइदे शठ बनी ए तीजकी श्रीमती ।

Nepal Telecom ad

हिरा भट्ट :

खट्टे खा खिर खा खुवा र खिचडी खोले खुदो ख्वाप्प खा
लट्टे पापड खा पुवा पनिर खा पानीपुरी ल्वाप्प खा
जम्मै खा घरका बजार भरका खानेकुरा छन् जति
रक्सी मात्र नखाइदे दर भनी ए तीजकी श्रीमती
।१।

केही अङ्ग लजाउँछन् झुकिझुकी संस्कारका झ्याङमा
केही खुल्न रुचाउँछन् लुकिलुकी एकान्त ओछ्यानमा
क्या राम्रो छ बिघा-शरीर-बगिया नाना छ आना जति
लुक्ने अङ्ग लुकाइदे जतनले ए तीजकी श्रीमती
।२।

उड्दा कर्कश पश्चिमी पवनका कौवा गवैया बनी
सोध्छन् कोकिलका सनातन-गला को हो तँ को हो भनी
चाँदी ला सुन ला मुगा र मणि ला चाहे र पाए जति
छाडा गीत नगाइदे शठ बनी ए तीजकी श्रीमती
।३।

खैनी जाँड चुरोट भाङ धतुरो गुट्खा बिँडी हुन् विष
खोज्छेस् खालि समानता कुलतमा घोच्छेस् घुमाई रिस
श्रीमान् मूर्ख पर्‍यो भनेर नभनेस् हाँस्लान् छिमेकी जति
गोडा हात हटाइदे कुपथका ए तीजकी श्रीमती
।४।

बोलेँ न्वारनदेखिको बल लिई बोल्दा मरेँ त्रासले
झम्टेलिन् बघिनी म जान्नँ घरमा लौ शारदा बास दे
घस्दा हास्यबुटी बढ्यो कुतकुती ठुस्केर बस्छेस् कति
तेरै जीवन-फूलको म भमरा हाँस् तीजकी श्रीमती ।
।५।

०००
कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x