साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सर्वज्ञानी

देऊ शासकमा विवेक र दया,संस्कारमा सभ्यता । बाटि रोज विकासको गहकिलो शास्ता बनी नब्यता ।। खोजी गर्नु समानता सकलको हर्षाश्रुमा क्षेमको । गाली होइन यो सुझाव कसिलो आलोचना हेमको ।।

Nepal Telecom ad

हेमराज पन्त :

टालोमा उपियाँ पसी दिनदिनै आक्रोश पोख्दै गयो ।
पैताला अब खोज्नु पर्दछ भनी उफ्री लडेको छ जो ।।
बाङ्गो चाल अचम्म वा रहर हो जुम्रो सरी कन्दनी ।
उल्टो भाव, विचार,चाल उसको घुम्दै थियो फन्फनी ।।

गाई खान्छु भनेर बोल्दछ कतै रोज्थ्यो कतै डस्टर ।
रित्तो बज्छ गिलास खन्खन खुबै देखिन्छ उस्तै नर ।।
खाली देख्छु दिमाग चेत नहुँदा भन्दैछ मैले पढे ।
सोझो दब्छ दबाउँदै छ सबले बग्ना हलक्कै बढे ।।

लौरो, डस्टरको कथा शहरको खोस्रेर आली खने ।
उस्तै देख्छु हिजो र आज यसको ती सर्वज्ञानी बने ।।
यस्तै पद्धतिको विकास छ यहाँ के आश गर्छौ बरा ।
प्यारो बोट सुकेर मर्मर भयो काौेर आफ्नै जरा ।।

खोक्रो नाटकको छ मञ्चन नयाँ संस्कार देखे धरो ।
थामे भन्छ सदैव ऊ गगन नै रोगी विकासे चरो ।।
गाली मात्र छ ओठमा र मनमा सम्मानको के कुरा ।
सारा ज्ञान विशाल विश्वभरको बुझ्दै छ सानो भुरा ।।

बुट्टा किर्छ विषाक्त भाव दिलले आक्रोश पोखी बसे ।
कालो नाग विषालु जो जहरिलो ती पूज्य सारा डसे ।।
खाली कागजमा लडे कलमजी सुक्दै छ लेख्ने मसी ।
पीडा साउन भेल झै सब बगे छोपेर आँखा पसी ।।

देऊ शासकमा विवेक र दया,संस्कारमा सभ्यता ।
बाटि रोज विकासको गहकिलो शास्ता बनी नब्यता ।।
खोजी गर्नु समानता सकलको हर्षाश्रुमा क्षेमको ।
गाली होइन यो सुझाव कसिलो आलोचना हेमको ।।

०००
पाटन २ सिलङ्गा, बैतडी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कविको गुनासो

कविको गुनासो

हेमराज पन्त
नव दास

नव दास

हेमराज पन्त
संघीयता

संघीयता

हेमराज पन्त
सिंहराज

सिंहराज

हेमराज पन्त
लाजमति

लाजमति

हेमराज पन्त
तीन गुलेली

तीन गुलेली

हेमराज पन्त
बोक्सीका ताजा बात- (७)

बोक्सीका ताजा बात- (७)

गायत्री परिरोशनी
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
बन्छौ घमण्डी किन ?

बन्छौ घमण्डी किन ?

बालकृष्ण खनाल
अक्कली

अक्कली

हरि कोर्काली
हे सुन ! कुरा सुन !!

हे सुन ! कुरा...

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x