साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भुत्भुतेझैँ

Nepal Telecom ad

(छन्द– मन्दाक्रान्ता)

भन्दै होलिन् प्रियतम कतै भीडमा पेलिए कि ?
लाखौँ मान्छेसित जुलुसमा छन् कतै ठेलिए कि ?
खाने सुत्ने समय नहुँदा क्लान्तिले जेलिए कि ?
जालीझेली सहचर हुँदा भ्रान्तिले झेलिए कि ?!

बस्छिन् एक्लै प्रिय सहचरी छैन होला कि निद्रा ?
एता आफ्नो छटपट सधैँ भो समस्या अनिद्रा
निद्रा लागे पनि विरहले स्वप्नमा बोल्दछिन् कि ?
झस्कीझस्की छिनछिन उनी सम्झना गर्दछिन् कि ?!

साथैसाथै उठबस हुँदा याद केही नगर्ने
कस्तो होला परपर हुँदा सम्झनाले निचर्ने ?
हेर्छिन् होला अपलक कठै माथि उड्ने जहाज
भन्दी होलिन् प्रियतम यहाँ आउँछन् क्यार आज !

एता आफ्नो शहरतिरको व्यस्तताको कहाली
जाऊँ अड्डा घुसरकमको मात्र हालीमुहाली
रित्ता कुर्सी दिनभर यहाँ फाँटवाला हुँदैनन्
भै हालेमा पनि प्रमुखजी भेटिँदै भेटिँदैनन् ।

यौटा सानो घरविषयको कामले केन्द्र आएँ
एकै घण्टातिर सकिइने एक साता बिताएँ
कैले दर्तातिर अलमली दिक्क कैले चलानी
कैले सुब्बासित खटपटी टिप्पणीको कहानी ।

यै बेलामा जुलुस कहिले बन्द धना र जाम
चक्का बाल्छन् बिच सडकमा धूमको धूमधाम
कालो धूवाँभरि छ नमिठो गन्ध धेरै विषाक्त
यै धूवाँको असर भरियो बन्न थालेँ अशक्त ।

यो बिछ्यौना पनि भतभती पोल्छ है भुत्भुतेझैँ
काँडा बिझ्लान् सिरक डसना ओढ्नु वा च्यात्नु हो झैँ
जाने होला घर म कहिले काम आफ्नो सकेर
आएँ प्यारी अब त फजिती रित्तिए है भनेर ।

२०७० चैत १४
काठमाडौँ 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नशा

नशा

लोक सुब्बा
0
Would love your thoughts, please comment.x
()
x