साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छिर्के हान्दै पछार्ने मित्रहरू

Nepal Telecom ad

उठौँ भन्दा छिर्के हान्दै पछार्ने छन् मित्रहरू
जुटौँ भन्दा बोल्छस् भन्दै हकार्ने छन् मित्रहरू

जेसुकै होस् आफ्नै देशमा इलम गरौँ भन्छु म चैँ
झट्टै पासपोर्ट बना भन्दै झपार्ने छन् मित्रहरू

आफु मोरो मानवताको सोझै कुरा गर्न खोज्छु
बुझ पचाउँदै हिंसातिरै बटार्ने छन् मित्रहरू

भन्नलाई त पराई नारी मातासरी हुन्छ भन्छन्
पाएसम्म परस्त्री मसार्ने छन् मित्रहरू

गाउँको बि.वकाश बजेटलाई व्यवस्थापन गर्नुपर्ने
खल्ती मोटो पार्नलाई खंगार्ने छन् मित्रहरू ।

धादिङवेंसी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ढाँटिदिनेहरू छन्

ढाँटिदिनेहरू छन्

लालकाजी श्रेष्ठ
गरिसिन्छ

गरिसिन्छ

जे. सागर
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
खराब जस्तो देखिन्न, खराबी हाम्रो

खराब जस्तो देखिन्न, खराबी...

महेन्द्र उपाध्याय
नासो सबै फिर्ता दिएँ

नासो सबै फिर्ता दिएँ

मन्दिरा मधुश्री
0
Would love your thoughts, please comment.x
()
x