साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठोक्तकै ठोक्तक

Nepal Telecom ad

कुमार श्रेष्ठ

रङ्गिन छ, नौलो छ तर मेला अपार छ
शिकारी छन् नयाँ भेषमा हजुर ताजा शिकार छ
जे चाहिन्छ, त्यही पाइन्छ मायाको यो बजारमा
व्यापार छ तातो–तातो यहाँ सबलाई हतार छ !!

000

उदास कार्की

कालखण्डले जन्माएका ती क्रूर मालिकहरू
सिंहासनमा बिराजेर पोषित र पालितहरू
यस्तो लाग्छ आत्मारति थिए अहंकार ती
शब्दहिन उभिएका देख्दा यी शालिकहरू ।

000

दिव्य गिरी

ती बहुरूपिया अनुहारको कुरै नगर
नगरबधुको शृङ्गारको कुरै नगर
एउटा एउटा बहानामा जनताको रगत चुस्ने
जुकारूपी दुष्ट सरकारको कुरै नगर ।

000

निशा केसी

रुप त राम्रै थियो र पनि शृङ्गार गृह धाइछौ
भरी सभामा तिमी उत्तम अप्सरा बनेर आइछौ
जानेकी रहिछौ महंगीमा मितब्ययिता अपनाउन
त्यसैले त नाङ्गो ढाड देखाएर ब्लाउज लाइछौ ।

000

जोतारे धाइबा

दिनु त मैले आफैंविरुद्ध उजुरी थियो
तिमीले गुनैगुन देख्नु खै के जरुरी थियो
कलेजीले किन खोप्नुपर्थ्यो र यो मुटुलाई
बोलाइ चुलेसी थियो, हेराइ खुकुरी थियो !

000

हरिकृष्ण काफ्ले

झञ्झाबाती समुद्रको छाल जिन्दगी
टोक्नसम्म टोक्छ अरिंगाल जिन्दगी
यमपुरीको अदालतको मुल्तवीको मुद्धा भैयो,
भोकभोकै राख्छ अनिकाल जिन्दगी ।

000

दुर्गाप्रसाद ग्वालटारे

सरुवा

जागिर– जहाँ सरौं हातमुखकै धन्दा हुन्छ
कैले मेची कैले काली– पेन्डुलम नै भन्दा हुन्छ
लौ न हजुर सरुवा गरी दिनोस् सेवकलाई
भन्सारमा होस् त मधेशमा पनि ठन्डा हुन्छ ।

000

धर्म तिवारी

घोच्छन् अचेल सियो बनी निर्जीव यी तस्विर पनि
न फेरिन्छ जिन्दगी यो न बदलिन्छन् तकदिर पनि
रामहरू रावण बन्छन् आजभोलि लङ्का पुग्दा,
रगताम्मे हुन्छन् मन्दिर उस्तै देख्छु मस्जिद पनि ।

000

विमल गिरी

जिब्रो लटपटाउँदै रुन्छन् भन्ने सुनेको छु
मातेपछि नराम्रो सुन्छन् भन्ने सुनेको छु
मदिरा र मस्तीको म बबुरोलाई के थाहा
सुरामा सुन्दरीहरू हुन्छन् भन्ने सुनेको छु ।

000

प्रल्हाद पोखरेल

टाक्सियो न्यायको बोट मौलायो दण्डहीनता
कता अल्मलियो नीति ? पन्प्यो नीतिविहीनता !
भागी उदारता टाढा किन हो खुम्चियो मन !
लथालिङ्ग भताभुङ्ग किन बन्दैछ जीवन !!

000

रमेश बिष्ट

देश वदल्न त विचारको तरवार चाहिन्छ
जनता रिजाउन गतिलो सरकार चाहिन्छ
परनिर्भर छुचुन्द्राहरूको रजाई कति सहनु
खवरदार भन्नु नपरोस् ! पुरानै दरवार चाहिन्छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६७

बेलाको बोली- १६७

डा. ऋषि बस्ताकाेटी
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x