साइबर अपराध सम्बन्धी सचेतना सामग्री

युवा स्रष्टा जितु खड्काको कृति विमोचन

Nepal Telecom ad

राजधानीमा आयोजित समारोहका बीच चैत १५ गते युवाकवि जितु खड्काको कविता कृति ‘जेब्राक्रसमा जून’ विमोचन गरियो । नियमित सिर्जना वाचन कार्यक्रम अन्तर्गत अनुपम सिर्जना प्रतिष्ठान, नेपालले आयोजना गरेको समारोहमा प्रा.डा. रामचन्द्र लम्साल र कवि श्रवण मुकारूङले संयुक्त रूपमा कृतिको विमोचन गर्नु भएको हो ।
प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम अधिकारीकारी अध्यक्षतामा सम्पन्न समारोहमा साहित्यिक स्रष्टा एसपी आशा, श्रीधर पौडेल, टि.एन्. गाउँले बलदेव, गोपीकृष्ण र सञ्चारकर्मी नरनाथ लुइँटेल अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
कृति बिमोचनपछि मन्तव्य दिँदै कवि श्रवण मुकारूङले राम्रा कविताहरूको सुन्दर कृति प्रदान गर्नुभएकामा कृतिका स्रष्टा जितु खड्कालाई बधाई ज्ञापन गर्नुभएको थियो । विमोचन मन्तव्यका क्रममा प्रा.डा. रामचन्द्र लम्सालले जेब्राक्रसको जून अत्यानुनिक साहित्यिक अभिव्यक्तिको राम्रो नमुना नभुना भएको उल्लेख गर्दै कृतिकार जितुको पहिलो कृति नै परिष्कृत र माझिएको बताउनु भयो । बधाइकै क्रममा गाउँले बलदेवले कृतिकार खड्का नेपाली कवितामा अत्यन्त बलियो सम्भावना बोकेर उभिनुभएको चर्चा गर्नुभयो । स्रष्टा जितु खड्काको लेखकीय मन्तव्य पछि उहाँकै कविता वाचनबाट सिर्जना प्रस्तुतिको क्रम आरम्भ गरियो ।
कार्यक्रममा दुई दर्जन स्रष्टाहरूद्वारा आआफ्ना सिर्जना प्रस्तुत गरिएको थियो । यसरी सिर्जना प्रस्तुत गर्ने स्रष्टाहरूमा पूर्णप्रसाद पन्त, ठाकुरप्रसाद प्रधान, सूर्यकुमार पण्डित, बिनुबाबा घिमिरे, डा. जीवन अधिकारी, भगवती रोका, गौरीनाथ ढकाल, प्रभा बराल, शशी थापा पण्डित, श्रीध। पौडेल, एसपी आशा, दुर्गा रिमाल, हरि खनाल, जनार्दन अधिकारी, नरनाथ लुइँटेल, शङ्कर रिजाल, जगदीश्वर पोखरेल हुनुहुन्थ्यो । त्यसै गरी युवा स्रष्टाहरू अनिश बिस्ट, शागर विसी, शिवराज आचार्य, जिकेएन खडेरी, निशान निष्कर्ष र अनुप वाग्लेले पनि आआफ्कविता गजल र गीति सिर्जना प्रस्तुत गर्नु भएको थियो । स्रष्टा भावकेशर बरालले जितु खड्काको विमोचित कृति जेब्राक्रसको जूनमा सङ्गृहीत कविता वाचन गर्नु भएको थियो ।
प्रतिष्ठानका उपाध्यक्ष रमेशचन्द्र गौतमले स्रष्टाहरूलाई प्रोत्साहित गर्ने अभियानमा अनुपम जुटिरहेको बताउँदै कार्यक्रमको आरम्भमा स्वागत मन्तव्य दिनुभएको थियो । प्रतिष्ठानका साहित्य विभाग प्रमुख जगदीश्वर पोखरेलले सञ्चालन गर्नुभएको समारोहलाई पुरुषोत्तम अधिकारीले आफ्नो सिर्जना वाचन गर्दै धन्यवाद ज्ञापन सहित समापन गर्नुभएको थियो । कार्यक्रम कलङ्की स्थित एडमार्क कलेज परिसरमा आयोजना भएको थियो ।
जितु खड्काको लोकार्पित कृति ‘जेब्राक्रसमा जून’ भित्र गद्यशैली संरचनामा आवद्ध ३० वटा कविता सङ्कलन गरिएको छ । कृतिमा प्रा.डा. रामचन्द्र लम्सालको समीक्षात्मक भूमिका र कवि मनु मञ्जिल, भावकेशर बराल तथा गाउँले बलदेवका सम्मति–मन्तव्यहरू समावेश गरिएका छन् ।
–सुलसुले

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x