साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कलमको मेख मार्छु भन्छ बन्दुक

Nepal Telecom ad

कलमको मेख मार्छु भन्छ हेर बन्दुकले !
सजिलै म कहाँ हार्छु भन्छ हेर बन्दुकले !

बदनाम भए पनि आफ्नो काम गरेकै छु,
मैले कहाँ झारा टार्छु भन्छ हेर बन्दुकले !

गाह्रो छैन सजिलो छ जनताको नाम जप्छु,
जनताकै झेंको झार्छु भन्छ हेर बन्दुकले !

अप्ठेरोमा जन्मेको हुँ अप्ठेरोमै रमाउँछु,
अप्ठेरोमा पार्छु–पर्छु भन्छ हेर बन्दुकले !

गति मुक्ति दिनलाई अर्घ पिण्ड चाहिंदैन,
सोझै बैतरणी तार्छु भन्छ हेर बन्दुकले !

मान्छे मार्न बन्दुकेले सिकाएर सिकेको हुँ,
खोजी–खोजी मान्छे मार्छु भन्छ हेर बन्दुकले !!

हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x