साइबर अपराध सम्बन्धी सचेतना सामग्री

युरोपेली घामसँग

Nepal Telecom ad

कति गिजोलेका तिमीलाई
बादलले
हुस्सुले
कुहिरोले
जति प्रकाश फाले पनि
जमिन अँध्यारै
कति तेर्सिएका
अवरोधका काँडा
चिसा छुच्चा काँडा !
कति सक्रिय यो कुहिरो !
प्रकाश चोर्न
न्यानो चोर्न
कता लान्छन् होला
यतिबिघ्न रश्मि ?
सुदूर उत्तरको जाडो भगाउन
मध्यरातसम्म आकाशमा रहने
तिम्रो प्रतिबद्धता
र तिमीमाथिको नित्य धावा !
हेर्दै नमिठो लाग्यो मलाई
चाख्दै अमिलो लाग्यो मलाई
काठमाडौँको न्यानो माया
र उत्तरी युरोपको यो परिदृश्य
कहिल्यै मूल्याङ्कन गरेका छौ तिमीले ?
त्यत्ति गिजोलिएर पनि
कति अथकित तिमी ?
कति प्रशन्न तिमी ?

धादिङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
0
Would love your thoughts, please comment.x
()
x