साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जलसाको कार्यक्रममा रवि प्राञ्जल सम्मानित

Nepal Telecom ad

काठमाडौं । मासिक रूपमा स्रष्टा सम्मान गर्ने क्रममा जलसा नेपालको वैशाख महिनाको पाँचौँ शृङ्खलामा गजल स्रष्टा रवि प्राञ्जललाई सम्मानित गरिएको छ ।

कार्यक्रममा गजलकार करूण थापाले प्राञ्जललाई सम्मान गर्नुभएको थियो । उक्त कार्यक्रममा गजलकार प्राञ्जलले आफ्ना एक दर्जनभन्दा बढी गजल वाचन गर्नुभएको थियो ।

कार्यक्रममा नयाँ वर्षको शुभकामना आदानप्रदानसँगै नौ जना युवा गजलकारहरू अनुप जोशी, जीवन काश्यप, बुद्धि मोक्तान, दीप सागर ‘प्यासी’, जय गौडेल, रामशरण श्रेष्ठ, सुरेश सुवेदी, अनिरूप रसाइली र सुरेश नाचीजले गजल वाचन गर्नुभएको थियो ।

कार्यक्रममा साहित्यकारहरू प्राज्ञ ललिजन रावल, प्रकाश सायमी लगायत सङ्गीतकारहरू तथा गायक गायिकाहरू सहित करिब छ दर्जनभन्दा बढी गजलप्रेमीहरूको उपस्थिति थियो ।

–सुलसुले

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x