साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ट्रक ड्राइवर

Nepal Telecom ad

खतरनाक हुन्छ
बाक्लो हुस्सु लागेको मनमा सवारी चलाउनु ।
दिलमाया, म ट्रक चलाइरहेछु ।

बैंसको भीर कोतरेर बनाएको
सपनाहरूको कच्ची बाटो,
जाडोका अल्पिनहरूले घोचिरहेका नाङ्गा औंला,
र योबाटै नदेखिने गरि
हुस्सु लागेको मनको घुम्ती !
दिलमाया, म ट्रक चलाइरहेछु ।

थिच्दा थिच्दै
हर्नको घाँटी सुख्खा भैसक्यो
ट्रकको सिसा आँसुले भरियो र वाइपर बिग्रियो
ब्रेकलाई अल्जाइमर भयो
थाहा छैन
कति नजिकै पर्खेर बसिरहेछ दुर्घटना ।
दिलमाया, म ट्रक चलाइरहेछु ।

यो मेरो जिन्दगीको अहम् लडाइँ हो दिलमाया ।
जिन्दगीको झुपडीभित्र बसेर
मलाई कुरिरहेका छन्–
भोका बच्चाहरूले ।
उनीहरू निदाउनुअघि
कि त मैले ढुङ्गा उमालिरहनुपर्छ छातीको डेक्चीमा
कि रोटी कमाउनु पर्छ
कि कतै सडक छेउबाट
हाम फाल्नु पर्छ नदीमा ।
दिलमाया
नदीमा हाम फाल्न
बनेको होइन म ट्रक ड्राइवर ।
बाटै नदेखिने गरी
हुस्सु पालेर बसेकीछौ तिमी वर्र्षाैंदेखि–
दिलमाया !
म त्यहीँ चलाइरहेछु–
एउटा थोत्रो ट्रक ।

चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ईश्वरहरुको युद्ध

ईश्वरहरुको युद्ध

भूपिन खड्का
सर्दी

सर्दी

भूपिन खड्का
लज्जा !

लज्जा !

भूपिन खड्का
बुद्धि-बङ्गारा

बुद्धि-बङ्गारा

भूपिन खड्का
बुद्धि-बङ्गारा

बुद्धि-बङ्गारा

भूपिन खड्का
लेखबहादुर

लेखबहादुर

नन्दलाल आचार्य
चम्चाको चमत्कार

चम्चाको चमत्कार

डा. बमबहादुर जिताली
ऐ जिन्दगी ! खबरदार !

ऐ जिन्दगी ! खबरदार...

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x