साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विद्यार्थी

Nepal Telecom ad

मेरो विद्यार्थी गजबको छ
विद्याका अजब अर्थहरू गर्छ
कहिले विद्यालाई अर्थी बनाउँछ
कहिले विद्याकै अर्थी उठाउँछ ।

आफ्ना मान्यवरहरूलाई
खुशी पार्नु भनेको थिएँ
खुशीको तरकुल्ले छुटाएछ
खसी पार्ने साधन खोज्न थालेछ ।

पुलिस हाम्रो मित्र हो
शान्ति सुरक्षा दिन्छ भनेको थिएँ
‘प’लाई छोरी बोकाएछ
फुलिससँग लागेर
शान्तिको पीछा गर्न थालेछ ।

सिकाउन त सिकाएको थिएँ
कसरी गर्ने कसलाई प्रणाम
तर कमरेडलाई भनेछ जय नेपाल
अनि कंग्रेसीलाई लाल सलाम ।

पूजा गर्न फूल लिएर आ भनें
कुखुराको फुल पो लिएर आएछ
कहिले त थप्पड दिउँ जस्तो लाग्छ
तर के गर्नु ट्यूसन फीको मायाँ लाग्छ ।

आजकल कविता लेख्न थालेको छ
चुस्स बोकाको जस्तो दाह्री पालेको छ
कविताले छाती चस्स घोच्नु पर्छ भनेको थियो
हातमा बोकेर हिंड्छ याँमानको सियो ।

कमलपोखरी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
लाज

लाज

रमेश खकुरेल
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x