साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जग्गा बिक्रीमा छ

Nepal Telecom ad

एक दिन
एउटी तरुनीले
नाभिकाको
नक्सा देखाउँदै भनिन्
मेरो नाभीस्थल
बिक्रीमा राखेको
घर घडेरी जस्तो छ
किन्ने भए किनी हाल्नुस् है
आजभोलि मन्दीले
काठमाडौंको भन्दा सस्तो छ ।

यहाँ पनि
माथि अन्नपूर्ण, कञ्चनजंघाको
रमणीय सिन साइड छ
तल पनि फेवातालको
कमनीय लेक साइड छ
मन पर्छ भने
बागमतीको पनि, नदी साइड छ ।

यहाँ पनि
जग्गा धनी भन्दा
दलालहरूको बिगबिग छ
जाबो एक टुक्रा बेच्नलाई पनि
उनीहरूकै ठुलो लिगलिग छ
त्यसैले जग्गा किन्ने भए
सिधै सम्पर्क गर्नु होला
दलालको फेला परेपछि
झन महंगोमा पर्नु होला
कृपया दलालज्यूहरू
तपाईंहरूले कुनै कष्ट नगर्नु होला ।

जग्गा किन्न आउँदा
थैलीको व्यवस्था
आफैं गर्नु होला
नत्र थैली नराखी, जग्गा किनेपछि
अनेक झन्झटमा पर्नु होला ।

त्यसैले घडेरी हान्ने भए
दरै गाँठ र आँटमा आउनु होला
मन र तन कमजोर भए
दुई चार प्याक यसो
ह्वीस्की बियर लाउनु होला
तर आउँदा
सिधै सम्पर्क गर्नु होला
नत्र दलालको फेला परेपछि
झन चर्को भाउमा पर्नृु होला ।

दाङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x