साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मलाई मन्थली मन परेन

Nepal Telecom ad

यता मन्थलीतिर 

तामा कोशी नदी बग्दोे रहेछ
त्यो नदी निलो रङ्गको रहेछ
पानी पनि पात..लो रहेछ,
तरल रहेछ ।
तरल भएकोले सधैं एउटै गतिमा
पट्यारलाग्दो गरी
एकनाशसँग बगिरहँदो रहेछ ।
नाथे तामा कोशीसँग के नै रहेछ र !
ढुंगा रहेछन्, बालुवा रहेछन्
दायाँवायाँ भीर र पहरा रहेछन्
त्यति त होला !
त्यो बाहेक स्याँ स्याँ गरेर
झर्को लाग्दो गरी कराउँदो रहेछ
पहाड र खोँचतिर त्यसै त्यसै हराउँदो रहेछ
के नै अनौठो रहेछ र
यो मन्थली भनाउँदोमा ?

उता हाम्रो काठमाण्डौमा….! ?
ओहो ! उता हाम्रो काठमाण्डूूमा
वागमती छन्
विष्णुमती छन्
टुकुचा छन्
धोवी खोला छन्
खोलैखोला छन् ।

तिनीहरू सबै का…ला रङ्गका छन्
अनौठा छन्, बेग्लै छन्
बाक्ला छन्, पोटिला छन्
ठोस छन्
तिनीहरू रनजोर खोलाजस्तो
स्याँ स्याँ गरेर कराउँदैनन्
पहाडका खोँचमा हराउँदैनन् ।
सभ्य राजधानीवासीका लागि हर्र हर्र वास्ना छर्दै
तिनीहरू महानगरमै पस्रिन्छन्
तिनीहरू बग्दैनन्, अलि अलि घस्रिन्छन् ।
हाम्रो काठमाण्डू त्यसै काठमाण्डू भएको हो र !

त्यस्तो काठमाण्डू छाडेर
यस्तो रामेछापमा आइयो
खानुसम्म हण्डर खाइयो
साथीहरूलाई कस्तो भैराछ कुन्नि !
आफूलाई त धुवाँ धुलो केही नभएको
पातलो हावामा सास फेर्न
साह्रै सकस भैराछ
मन त्यसै त्यसै उडेर
उतै काठमाण्डू गैराछ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x