पुरूषाेत्तम सिग्देलतिमी आफै फस्छौ !!
सानो तिनो गल्तीमा नि ठुस्किएर बस्छौ
अन्जानमा गल्ती हुँदा पनि कम्मर कस्छौ !!
नठोसी त आगो पनि बल्दैन नि प्यारा
ठ्याक्क ठुक्क पर्दै तिमी भट्टीतिर पस्छौ !!
मान्छेबाटै हुन्छ गल्ती, गल्ती भयो भन्दै
गोमनले जस्तै किन फर्की फर्की डस्छौ !!
नौनी जस्तो मुटुलाई घरी घरी घोच्दै
छियाछिया बनाएर फेरि चिल्लो घस्छौ !!
किन कैद गर्छौ तिमी खुला पंक्षीलाई
पिंजडामा कुनै दिन तिमी आफैं फस्छौं !!
बिर्तामोड, झापा
हाल : इजरायल
Subscribe
Login
0 Comments
Oldest






































