साधुराम कोमलनाथ रिमालचम्केको छ उस्कै महल
यो माटोमा सहिदहरू, खुन लगाएर
बिदा भए देशको लागि, गुन लगाएर ।
सरकारले राहत दियो, द्वन्द्व पीडितलाई
आलो घाउ चोट माथि, नुन लगाएर ।
जलाएर बस्ती हिजो, जस्ले क्रान्ति भन्यो
चम्केको छ उस्कै महल, चुन लगाएर ।
लडाकुका घरका भाँडाकुँडा भन्दा धेरै
बसेकी छे नेता पत्नी, सुन लगाएर ।
करोडौँले खाने अन्न, सराबको निम्ति
गोदाममा थन्क्याएछ, घुन लगाएर ।
नाङ्लेभारे– ५, काठमाडौं
हाल : युएइ दुबई
Subscribe
Login
0 Comments
Oldest







































