साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार चड्कन

Nepal Telecom ad

१.
नामका लागि मरिहत्ते गर्ने भोकाहरू देखी
आफूलाई प्रखर देखाउने बोकाहरू देखी
के लेखाउँ साहित्य खेताला हालेर हजुर ?
दिक्क लाग्छ क्षणमै फुट्ने पानीका फोकाहरू देखी ।

२.
चोरीचोरी शब्दहरू छाप्न, व्यस्त छौ अरे
साहित्यको पसल थाप्न, व्यस्त छौ अरे
चाकडी, चाप्लुसी, सम्मान, पदक, पुरस्कार
दोसल्ला, खादाहरू खाप्न, व्यस्त छौ अरे ।

३.
मिश्रित वेदनालाई भुलि, स्वार्थी बन्छ मान्छे
अत्यधिक विषाक्त भोगाइ, बिर्सिरन्छ मान्छे
आफ्ना दिनहरू सकिएको, थाहा पाउँदापाउँदै
मर्नेहरू मरिरहून्, म अमर छु भन्छ, मान्छे ।

४.
बालकहरूदेखि बृद्धासम्म भुट्नेले जिते
व्यक्तिको के कुरा र देश लुट्नेले जिते
शान्ति सुरक्षा छैन सपना बेच्छन् सबै
पुलिसले पक्डिन नपाउँदै छुट्नेले जिते ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x