साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फेरि लोडसेडिङ बढेको छ

Nepal Telecom ad

सधैँ सधैँ
घाम अस्ताएपछि, मेरो देशमा
अध्याँरो दैत्य आउँछ,

त्यसले मेरा कितावका पन्नाहरू खान्छ,
फक्रिनै थालेको मेरा सपनाका बोटहरू
खान्छ,
आँगनभन्दा अल्लिपर मोतीझैं टल्किरहेको
मेरो लक्ष्य पनि खान्छ,
र, मेरो आँखामा जोगाएर राखेको अलिकति उजेलो पनि
लुछेर जान्छ,

म रुन्छु
तर्सिन्छु, जताततै छरिएका अक्षरका टुक्राहरू
बटुल्छु,
र, शव्दहरूका भत्केका डिलहरू टेक्दै
सपनाको फूलबारीसम्म पुग्न खोज्छु,
तर, लडिहाल्छु ।

त्यसैले, फिर्ता दिनुस्,
तपैँहरूले खोसेर लगेको
मेरो नायक उज्यालो,

नत्र, अध्यारो दैत्यले,
मेरा कितावहरू खान्छ
सपनाको फुलबारी खान्छ
र, एकदिन मलाई पनि खान्छ ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x