पुरूषाेत्तम सिग्देलरित्तै देख्छु थालीहरू
पूजा गर्न गयौ मन्दिर, रित्तै देख्छु थालीहरू
आस्था बोकी हुर्की रहे, बेमौसमी बालीहरू
आँखाबाट वर्षातको झरी टेकी रुझ्नु पर्ने
पाइलै पिच्छे किन बज्छन्, दुनियाँका तालीहरू
युग हाँक्ने हत्केलाले काँडाहरु छेक्न खोज्दा
हुरी आई उडे फूल, रित्तै रहे डालीहरू
ओठ खोल्दा बिष्फोटको ज्वाला पनि पड्कन्छ रे
चुप् लाग्छे सिन्धु सँधै चाहे गर गालीहरू ।
सिन्धुली
Subscribe
Login
0 Comments
Oldest



































