साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टुक्राटाक्री

Nepal Telecom ad

बज्यैको प्रश्न

काली छट्पटियो सुखा पवनले मेची दुख्यो रोगले !
कर्णाली नि थला पर्यो सिकुडियो सुक्दै गयो भोकले !!
बन्ने हो जन–संविधान कहिले के भन्छ सर्कारले ?
बाटो हेर्दछ इन्तुचिन्तु झुपडी के भन्छ दर्बारले ??

 

भारतीय साथीसितको सम्वाद

उस्ले सोध्दछ काम क्या इधर है ? काँ है तुमारा घर ?
लौटोगे कब गावँमे शहरसे सारा बताओ जरा !!
मैंले भन्छु सखी हिमाल शिर हो नेपाल मेरो घर !
मात्रै हो नि शरीर यो शहरमा आत्मा छ डाँडा पर !

 

कविता चर्चा

आमा भन्छिन बाबु लेख कविता सानन्द माया भरी !
दाजै भन्छन भाइ लेख कविता झर्ना झरेको सरी ! !
कान्छी भन्छिन भो नलेख कविता भातै निदायो अरे !
कान्छो भन्दछ भो नलेख कविता रातै बितायौ हरे ! !

साने भन्छ हिमालमा छ कविता ल्याऊँन दाजै टिपी !
झर्नाको जलभित्र बग्छ कविता गर्दैछ काले ढिपी ! !
कान्छी भन्छिन भो नसुन्नु इ कुरा नौनी बनाऊ मन !
छाती भित्र हिमाल रुन्छ प्रियतम् डाँको सुनी लेखन ! !

धनगढी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६७

बेलाको बोली- १६७

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x