साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ढुकुटी नै लुट्न लगाएर

Nepal Telecom ad

आफू फुट्छौ अरुलाई जुट्न लगाएर
रमिता पो हेर्छौ अरे कुट्न लगाएर !!

भाइ फुटे गवाँर लुटे बुझे हुन्थ्यो आजै
स्वार्थ खोज्छौ दाजुभाइ फुट्न लगाएर !!

छिमेकीमा काटमार छ पानी बाराबार छ
जातित्वको नारा दिँदै उठ्न लगाएर !!

पुरिँदैनन् घाऊहरू जति दियौ तिम्ले
सान्त्वनाको मल्हमले खुट्न लगाएर !!

झुपडीमा बस्थ्यौ हिजो महलमा आज
यो राष्ट्रको ढुकुटी नै लुट्न लगाएर !!

बिर्तामोड, झापा
हाल– इजरायल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x