साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ईश्वरको खेती

Nepal Telecom ad

जसलाई आस्थाको ईश्वर मानेर
चोक–चोक, गल्ली–गल्ली
गाउँ–गाउँ, सहरबजार
मान्छेहरूले बासको लागि मन्दिर बनाइदिए
प्रतीक बनाएर ढुङ्गाका मूर्तिहरूमा सजाए
हरेक दिन भेटी फूलपाती चढाए
पूजा गरे– ढोगे
रगत बगाए
बलि चढाए !
जसरी हाम्रा पुर्खाहरूले
उहिलेदेखि चलाएको रीति
ईश्वरलाई खुसी पार्दा
सुख र शान्ति मिल्छ
हामीले पनि हाम्रा पुर्खाहरूले झैं
यही रीतिलाई निरन्तरता दियौँ !
वर्षादमा भीषण वर्षाले
मन्दिरहरू नभत्केका होइनन्
ठाउँ–ठाउँमा मन्दिरहरू
भग्नावशेष जस्तै नभएका होइनन् !
कति मूतिहरू यसै हराउँथे
कति पानीका बाछिटाले
छाना–भाटा गलेर कुहिन्थे
त्यतै मुसाहरू परेड खेल्थे
त्यतै प्रशस्त मुसाका दुलाहरू देखिन्थे
त्यतै रूखका हाँगा–हाँगामा बसेका बाजहरू
शान्त बसेका परेवाहरू टिप्न अशान्ति फैलाउँथे
हामीले देखे जति मुसाहरू मार्दै आएका हौँ
हामीले भेटे जति मुसाका दुलाहरू पुर्दै गएका पनि हौँ
हामीले स्याल र बाजहरू मार्दै, धपाउँदै आएका पनि हौँ
यसरी नै ईश्वरको रक्षार्थ हामीले
भत्केका मन्दिरहरू पुनर्निमाण गरिरह्यौँ
छानाभाटा, गारो, दलिन फेरिरह्यौँ
जसरी खियाले खाएका बर्तनलाई मस्काएर चम्काएझैं
भग्नावशेषमा हराएका मूर्तिहरू उत्खनन गरेर
अझै बढी चम्काएका थियौँ !
हामी जति–जति
ईश्वरको पूजा र प्रार्थना गर्दै गयौँ
हामी जति–जति
ईश्वरको भक्त र सेवक हुँदै गयौँ
हामी जति–जति
ईश्वरलाई खुसी पार्न रगत बगाउँदै गयौँ
उति–उति ईश्वरहरू
घाम छेक्ने जडवत् पहाडझैँ
अग्ला र कठोर हुँदै आए
तिनै नाङ्गा पहाडहरूले
आफू उभिएको धरातलीय सतह बिर्सेझैं
अहँ ! यी नाङ्गा र कठोर ईश्वरहरूले
हामीपट्टि कहिले फर्केर हेरेनन्
हामीले गरेका प्रार्थनाहरूलाई सुनेनन्
हामीले गरेका लम्पसार ढोगहरूलाई वास्ता गरेनन्
र हामी उनीहरूलाई सेवा दिँदा
झन् पछि झन् रोगको आहालमा डुब्दै आयौँ
र हामी उनीहरूलाई मेवा दिँदा
झन् पछि झन्
भोको, नाङ्गो, उदाङ्गो हुँदै आयौँ !
उहिले–उहिले
नित्सेहरूले संसारमा ईश्वर मरेको घोषणा गर्दा
हामीले बुझेनौँ,
निरन्तर ईश्वरमा आस्था राख्यौँ
र, पटक–पटक धोका खायौँ !
अहिले–अहिले
ईश्वर मरेको स्वदेशमा बाँचिरहँदा
हामीहरूले बाँचेको अनुभूति गरेका छैनौँ
र पटक–पटक धोका खाँदै छौँ
अझै यसरी नै ईश्वरहरूको
विश्वास र आस्थाको खेती गर्ने हो भने
थाहा छैन–
अझै हामी कति धोका खाँदै
आँसुको दहमा डुब्नुपर्ने हो
मृत ईश्वरहरूको देशमा !

(२०७१ जेठ २८ गते विमोचित कवितासङ्ग्रहको शीर्ष कविता)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x