साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नजर, परेन कि तिमीतिर ?

Nepal Telecom ad

पुगिहाल्छ मेरो आँखा, तिम्रो रिमीझिमीतिर
काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर ।

धेरै खाएँ आलु काउली, सागपात दाल अचार
अब चाख्ने पालो आयो, बोडी अनि सिमीतिर ।

भगवतीलाई भोग लाएँ, सरस्वतीको प्रसाद खाएँ
महाकालीको पूजा गर्दै, उद्धेश्य लछिमीतिर ।

थाहा छ कि लौन तँलाई, कति भए पुग्ला मलाई ?
धुर, गट्ठा, बिगाहा हुँदै, अब बर्ग कि.मि.तिर ।

तिम्रा साथी सँगी सबै, बच्चा बोकी माइत आउँछन्
कोही कसैका पापी नजर, परेन कि तिमीतिर ?

नाङ्लेभारे– ५, काठमाडौं
हाल : युएइ, दुबई

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अर्कै अर्कै कुरा

अर्कै अर्कै कुरा

साधुराम कोमलनाथ रिमाल
0
Would love your thoughts, please comment.x
()
x