साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जनता नबन्ने म ता

Nepal Telecom ad

यो माटो मलिलो भयो रगतले कोसिस् सबै सिद्धियो
हाम्रो यो मिहिनेत् र आँसु पसिना व्यर्थै भयो रित्तियो
उस्तै भो गरिबी र दण्डहिनता उस्तै रह्यो दासता
मालिक् बन्छु म ता भयो कति बनूँ ! जनता नबन्ने म ता ।

आफ्नै पेट ठूलो भएछ सुखले चम्केछ आँखा दुवै
चिप्ला बात गरेर ढाँट्न सजिलै आएछ साथी खुबै
के के दिन्छु भनेर टन्न कसरी सक्थ्यौ तिमी भन्न ता
यो लाटो टुहुरो दया सकलको जनता नबन्ने म ता ।

उफ्रेथें हुलमा खुसी अति भई नारा लगाई कति
जाऊँझैं गरियो मरे पनि तिमी साथै अँगाली सती
ऐलै बस्छु म तीरमा विरहमा आफू पुग्यौ रे कता
सारा फोहरको पहाड म अरे ! जन्ता नबन्ने म ता ।

नन्दी भृङ्गी र योगिनी मुलुकमा के अर्थ पाल्ने भन
फेरी नाउँ बरु म राक्षस भएँ यो देश बाल्ने मन
चाल्बाजी नखरा म हेर्नु कति ए ! असाध्य उद्दण्डता
जे भन्दा पनि चूपचाप सहने जन्ता नबन्ने म ता ।

कैल्यै शान्ति भएन खालि झगडा गालीगलौजमै फसी
सम्झौता, प्रतिबद्धता भुलिदियौ सुक्नै नपाई मसी
मारामार भयो अनेक निहुँमा बन्नै थियो एकता
केही बोल्न नपाई बोल्छ भनिने जनता नबन्ने म ता ।

‘कविता’ (पूर्णाङ्क ९७) बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिमी हामी रमाउने

तिमी हामी रमाउने

इन्द्रकुमार श्रेष्ठ
हाम्रा उहाँहरू !

हाम्रा उहाँहरू !

इन्द्रकुमार श्रेष्ठ
हारेका नेताप्रति

हारेका नेताप्रति

इन्द्रकुमार श्रेष्ठ
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
0
Would love your thoughts, please comment.x
()
x