साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रश्नको पेटारो

Nepal Telecom ad

हास्य–व्यङ्ग्यका रचना त हुन् नि भनेर अशुद्ध शब्द र वाक्यहरू पर्नदिनु होला कि नहोला ? कि कसैले एउटासम्म अशुद्धि फेला पार्न नसकून् भनेर नै लेख्ने गर्नुपर्ला ?

सिद्धहस्त हास्य–व्यङ्ग्यकार भएर पनि हँसाउने नाउँमा वा व्यङ्ग्यवाणको बहाना बनाएर अश्लील अर्थात् फोहर शब्द अथवा वाक्यको प्रयोग गर्नु होला कि नहोला ? किन हुँदैन र भन्ने लाग्छ भने कसरी हुन्छ त भन्ने कुरा बताइदिनुहुन्छ कि ? हुँदैन नै भन्ने लाग्छ भने हामीले यसबारे पनि अझ बढी होसियार भएर लेख्ने गर्नुपर्ला नि ! हैन त ?

धेरैले बुझ्न सजिलो भाषा–शैलीमा लेख्न सकिन्छ भने किन थोरैले मात्र बुझ्न सक्ने किसिमबाट लेख्नपट्टि लाग्नुपर्ला र ?

हाम्रा शिक्षालयका प्राथमिक कक्षादेखि उच्चतम कक्षासम्मका पाठ्यक्रममा हास्य–व्यङ्ग्यका रचना पर्ने गरेका छन्–छैनन् भनेर पनि जाँच्नुपर्ला कि ? यसतर्फ ध्यान गएको रहेनछ भने ध्यानाकर्षण गर्नुपर्ला कि ?

जुनसुकै विषयको पत्र–पत्रिकामा पनि हास्य–व्यङ्ग्य सम्बन्धी स्तम्भ समेत राख्नैपर्ला नि ! यसबाट सम्बन्धित प्रकाशनका पाठकहरू थपिंदैजान पाउँछन् भन्ने कुरा तपाईं प्रकाशकलाई पनि त थाहा छँदैछ होला नि ! हैन र ?

जस्तोसुकै बिराम गर्नेलाई पनि जति भने पनि हिर्काइरहनु पर्ला कि साना, ठूला र सबभन्दा ठूला नराम्रा कामहरू गर्ने भनी तीन समूहमा बाँडेर त्यसैका आधारमा मात्रा मिलाएर व्यङ्ग्यको प्रहार गर्नु नै न्यायोचित नीति होला ?

आफ्ना गलती र कमजोरीहरू सच्याउँदै सुधार्दै जानेहरूलाई उत्साहित पार्ने किसिमबाट पनि हास्य–व्यङ्ग्य परिकारहरू पस्कनुपर्ला कि ?
राम्रा काम–कुराबाट देश र दुनियाँको भलो गर्दै आएकाहरूको अभिनन्दन–सम्मान प्रदर्शित हुने किसिमका हास्य–सामग्री प्रस्तुत गर्न सकिएला कि नसकिएला ?

हास्य–व्यङ्ग्यका रचना प्रकाशित गर्दा प्रुफ पनि सारै राम्ररी हेर्नुपर्ला नपर्ला ? नत्र मुद्रा–राक्षसले अर्थको अनर्थ गरिदिन सक्तैन र ? जस्तै— (क) “सेलाउला” को सट्टा “सेल आउला” र (ख) “त्यसले गुलियो खायो” को सट्टा “त्यसले गु लियो, खायो” हुन के बेर ? यस्ता उदाहरण अरु पनि प्रशस्तै प्रस्तुत गर्न सकिन्न र ?

स्वास्थ्यतर्फ पनि त हास्य–व्यङ्ग्यले शिक्षा दिन सक्ला नि ? मानिसका अस्वास्थ्यकर खानपिन र आनिबानी आदिको उदाहरण दिएर उनीहरूलाई कुलत छाडी स्वास्थ्यरक्षाका नियमहरू पालन गर्नपट्टि प्रयत्नशील रहन प्रेरित गर्न सकिन्न र ?

‘फित्कौली’ अङ्क– ४ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
‘सगरमाथा एक पहाडको नाम होइन’ भित्रको हास्यव्यङ्ग्य (१)

‘सगरमाथा एक पहाडको नाम...

डा. भरतकुमार भट्टराई
‘सुनको फुल पार्ने पोथी’ कृतिमा मजगैयाँकाे हास्यव्यङ्ग्य शिल्प

‘सुनको फुल पार्ने पोथी’...

प्रा. कपिल अज्ञात
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
0
Would love your thoughts, please comment.x
()
x