साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुकुरदेखि सावधान

Nepal Telecom ad

सबै आफन्तका घर हेर्छु
फाटक ढकढकाउँछु,
गृहपतिको नाउँको ठाउँमा भने
लेखिएको भेट्छु–
“कुकुरदेखि सावधान”

के आयो यो “कुकुर” सभ्यता
फेसन हो कि शहरको
के हो यो “सावधान”
चरित्र पो हो कि शहरको !

आश्चर्य लाग्छ–
कुकुरले यत्रा महल कसरी बनाए होलान्
कुकुरलाई नै यत्रा महल किन चाहिए होलान् … ।
अथवा शहर पसेर
पैसो कसरी कमाए होलान् !
खै मान्छेका ठाउँमा कुकुर
कसरी भए गृहवान
सबैसबै दैला र फाटकमा भेटिन्छ
“कुकुरदेखि सावधान” ।

के शहर अब कुकुरकै भै सक्यो … !
कि त यी महलहरू कुकुरकै नाउँमा
नामसारी भै सक्यो … !!
अहो … !
भ्रष्टाचारीहरू मौलाउने शहर
कालाबजारीहरू बौलाइरहेको शहर
मानव अस्मितावान व्यापारीहरू
मोटाइरहेको शहर,
बरू लेखिनुपथ्र्याे क्यार
म भ्रष्टाचारीसित सावधान
म काला बजारीसित सावधान
म मानव अस्मिताका व्यापारीसित सावधान
तर अचम्म
सबै फाटकमा लेखिएको छ
“कुकुरदेखि सावधान”

के शहर अब कुकुरकै घरमा अनुवाद भैसक्यो … ?
कि त शहर अब कुकुरकै भोग दखलमा परिसक्यो !
कि मान्छेको अहम्को शिर निहुरिइसक्यो ?
कि मान्छेको लालचको पुच्छर पलाइसक्यो ??
अन्यथा
मान्छेका निवासमा मान्छे आउँदा
किन मान्छे फाटकमै भुक्ने गर्छ
कुकुरदेखि सावधान
किन मान्छेका नाउँ वा “स्वागतम”का ठाउँमा लेखिने गर्छ
“कुकुरदेखि सावधान” ।
काकरभिट्टा, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
सुके लुतो !

सुके लुतो !

उत्तम विचार
छिः मेरा बा

छिः मेरा बा

चेवनचन्द्र बस्नेत
लुताे फालेँ मैले

लुताे फालेँ मैले

रामप्रसाद पन्थी
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x