साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रस्ताव

Nepal Telecom ad

काठमाडौंले भोज खाएर
रछ्यानमा फालेको डङ्गुरलाई
‘भोको’ कर्णाली टुलुटुलु हेरिरहन्छ ।

अनि
‘काकाकुल’ काठमाडौं
भेरी र कर्णालीको
स्वच्छ निर्मल पानी
सपनामा देखिरहन्छ ।

‘दुर्गम’ कर्णाली एक महिना हिँडेर
काठमाडौंलाई भेट्न आउँछ,
र, एउटा ‘निवेदन’ गर्छ
अथवा भनौँ
प्रस्ताव राख्छ ।

“मेरो भोकसँग
तिम्रो तिर्खा साटौँ न,
मेरो मेहेनतसँग
तिम्रो लगानी साटौँ न
अनि मेरो इमानदारिता र
कर्तव्यपरायणतासँग
तिम्रो शीप र प्रविधि साटौँ न ।”

तर,
‘प्यासी’ आँखाले
केवल टुलुटुलु हेरिरहन्छ,
निवेदन मागेर
गोजीमा राख्छ,
अनि,
लुसुक्क सिंहदरवारभित्र छिर्छ
र त्यतै हराउँछ ।
बाहुनडाँडा, लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
के के हुन्छ …

के के हुन्छ …

हाेमनाथ घिमिरे
चौसठ्ठी चिन्तन

चौसठ्ठी चिन्तन

हाेमनाथ घिमिरे
विश्वास !

विश्वास !

हाेमनाथ घिमिरे
लाग्दैछ यस्तो किन !

लाग्दैछ यस्तो किन !

हाेमनाथ घिमिरे
चिन्ता छ !!

चिन्ता छ !!

हाेमनाथ घिमिरे
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
सुके लुतो !

सुके लुतो !

उत्तम विचार
छिः मेरा बा

छिः मेरा बा

चेवनचन्द्र बस्नेत
लुताे फालेँ मैले

लुताे फालेँ मैले

रामप्रसाद पन्थी
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x