साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कस्तो फेल ?

Nepal Telecom ad

ऊ राजनीतिको विद्यार्थी, म पढाउँथे ऊ पढ्दथ्यो
बीएको जाँचमा ओहो, कति फेल भएको त्यो ?

पढाइ नै छाडिदियो उसले, ‘पार्टी ज्वाइन’ गर्यो अनि,
लाटाको देशमा गाँडो, जान्ने–सुन्ने भएछ नि !!

पार्टीका नीति–सिद्धान्त, बनाएर बुझाउँछ
बुद्धिजीबी प्रगतिशील, ज्ञाता ऊ कहलाउँछ !!

लाखौँको आमसभालाई, माक्र्सवाद बुझाउँछ
समाजवाद र पूँजीवाद, हरेक वाद केलाउँछ !!

गडगडाहट तालीको, ऊ मञ्चमा, म छु भीडमा
नमबर दिन पो मिल्दैन, आपत के ताली पिट्नमा ? !!

आफू त एउटा कक्षामा बिस, तिसलाई पढाउने
कोठामै कापी जाँचेर, पास फेल गराउने !!

गलत विद्या पढेछु कि, गलत विद्या पढाएछु
जनताको ऊ त्यति प्यारो, किन फेल गराएछु !!

बिर्सिऊँ कि सब जानेको कि ऊसँग अब सिक्न जाऊँ,
के पढाउँ अब कक्षामा कस्तो पास वा फेल गराऊँ ? !!

‘चट्याङगीता’– ३ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x