पुरूषाेत्तम सिग्देलढुकुटी नै लुट्न लगाएर !
आफू फुट्छौ अरुलाई जुट्न लगाएर
रमिता पो हेर्छौ अरे कुट्न लगाएर !!
भाइ फुटे गवाँर लुटे बुझे हुन्थ्यो आजै
स्वार्थ खोज्छौ दाजुभाइ फुट्न लगाएर !
छिमेकीमा काटमार छ पानी बाराबार छ
जातित्वको नारा दिँदै उठ्न लगाएर !
भरिँदैनन् घाऊहरू जति दियौ तिम्ले
सान्त्वनाको मल्हमले खुट्न लगाएर !
झुपडीमा बस्थ्यौ हिजो महलमा आज
यो राष्ट्रको ढुकुटी नै लुट्न लगाएर !
बिर्तामोड, झापा हाल– इजरायल
Subscribe
Login
0 Comments
Oldest






































