साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फरक के भयो ? परिवर्तन भयो

Nepal Telecom ad

उहिले मानिस मर्थे र मर्यो या मर्नुभयो भनिन्थ्यो ।
अब मानिस मर्न छोडे ।
अब त कि स्वर्गे हुन्छन् कि बित्छन् ।
फरक के भयो ? परिवर्तन भयो !
साँच्चै पुरानो केहि बाँकी नै रहेन
अब त सप्पै नयाँ भयो
फरक के भयो ? परिवर्तन भयो !

उहिले मानिस बुढो या बुढी हुन्थे ।
तर अब बुढाबुढी हुन छोडे ।
सबै ज्येस्ठ नागरिक मात्रै हुन थालेका छन् ।
फरक के भयो ? परिवर्तन भयो !

बिधवा पनि हुन छोडे अब ।
अब त एकल महिला मात्रै हुन्छन् ।
पति मरेपछि, सरि है, स्वर्गे भएपछि,
सेतो लुगा लगाउन छोडे
रातै लगाउन थाले
तर अर्को विवाह नगरी बस्छन्
फरक के भयो ? परिवर्तन भयो !

झन् कोहि कसैको स्वास्नी किन हुनु ?
अब त कि श्रीमती कि मिसेस कि म्याडम हुने भए ।
स्वास्नी शब्दले मर्यादा कमाउँदा कमाउँदा
आफ्नै श्रीमानबाट ‘मामी’ कहलाउनमा मख्ख पर्न थाले
फरक के भयो ? परिवर्तन भयो !

लोग्ने पनि को पो हुन्छ र आजभोलि ?
श्रीमान हुन्छन्, सर हुन्छन, ‘उहा’ हुन्छन, ज्वाईं हुन्छन्
तर लोग्ने कहलाएर कोही यथास्थितिवाला बन्नेवाला छैनन् ।
सबै परिवर्तनकारी शक्ति भएका छन्
फरक के भयो ? परिवर्तन भयो !

समाज परिवर्तन भयो
भन्न त भन्थे जान्नेसुन्नेहरू र नेताहरू,
परिवर्तन त मैले भर्खर पो देख्न थालेंको छु
नेपालमा यत्रो परिवर्तन आइसकेको पनि
मैले कस्तो थाहै नपाएको !
हरे शिव भन्न भएन,
ओ माइ गड !
फरक के भयो ? परिवर्तन भयो !

बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x