सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मेरी बुहारीलाई कति सुहाको

Nepal Telecom ad

माथि घुम्टीले
तल सारीले छोप्ली
भनेकी बुहारी
प्यान्ट स्कर्टमा पो घर आउछे
घरमा बस्दा त झन के भन्नु
हाफप्यान्ट कट्टुमात्र लाउछे
थाहछैन यस्तो पहिरन
खै कहाँबाट आको
जे भए पनि मेरी बुहारीलाई
कति सुहाको ।

ससुरालाई ड्याडी भन्छे
जेठाजुलाई दाइ भन्छे
दर्सन ढोक नगरिकन
सबैलाई हाई भन्छे
बुझिएन यस्तो चलन
खै कहाँबाट आको
जे भए पनि मेरी बुहारीलाई
कति सुहाको ।

माइत जादा बाआमालाई
टन्न फलफुल लान्छे
घर आउदा
खाली ब्याग हल्लाउदै आउछे
भोक लाग्यो बुहारी भन्दा
कहिले चिया बिस्कुटको लन्च बनाउछे
कहिले होटेलबाटै डिनर किनी ल्याउछे
थाहै भएन यो प्रबृति
खै कहाँबाट आको
जे भए पनि मेरी बुहारीलाई
कति सुहाको ।

कहिले फ्रिजमा खाना छ भन्दै
श्रीमानलाई बोकी होटेलतिर जान्छे
सुन्याछु अचेल
छोराले हुस्की पिउदा
टन्न बियर तान्छे
बुझिएन यस्तो सस्कृति
खै कहाँबाट आको
जे भए पनि मेरी बुहारीलाई
कति सुहाको ।

कहिले टाउको दुख्यो मम्मी भन्दै
सासुलाई टाउको मिच्न लाउछे
रोटी बनाउन आउदैन भन्दै
कहिले पिठो मिच्न लाउछे
गजब रैछ यस्तो परम्परा
खै कहाँबाट आको
जे भए पनि मेरी बुहारीलाई
कति सुहाको !

दाङ, हाल काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
के गर्न बाँकी छ ?

के गर्न बाँकी छ...

प्रेम ओली ढकलपुरे
हेल्लो नयाँ वर्ष

हेल्लो नयाँ वर्ष

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे