साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरी बुहारीलाई कति सुहाको

Nepal Telecom ad

माथि घुम्टीले
तल सारीले छोप्ली
भनेकी बुहारी
प्यान्ट स्कर्टमा पो घर आउछे
घरमा बस्दा त झन के भन्नु
हाफप्यान्ट कट्टुमात्र लाउछे
थाहछैन यस्तो पहिरन
खै कहाँबाट आको
जे भए पनि मेरी बुहारीलाई
कति सुहाको ।

ससुरालाई ड्याडी भन्छे
जेठाजुलाई दाइ भन्छे
दर्सन ढोक नगरिकन
सबैलाई हाई भन्छे
बुझिएन यस्तो चलन
खै कहाँबाट आको
जे भए पनि मेरी बुहारीलाई
कति सुहाको ।

माइत जादा बाआमालाई
टन्न फलफुल लान्छे
घर आउदा
खाली ब्याग हल्लाउदै आउछे
भोक लाग्यो बुहारी भन्दा
कहिले चिया बिस्कुटको लन्च बनाउछे
कहिले होटेलबाटै डिनर किनी ल्याउछे
थाहै भएन यो प्रबृति
खै कहाँबाट आको
जे भए पनि मेरी बुहारीलाई
कति सुहाको ।

कहिले फ्रिजमा खाना छ भन्दै
श्रीमानलाई बोकी होटेलतिर जान्छे
सुन्याछु अचेल
छोराले हुस्की पिउदा
टन्न बियर तान्छे
बुझिएन यस्तो सस्कृति
खै कहाँबाट आको
जे भए पनि मेरी बुहारीलाई
कति सुहाको ।

कहिले टाउको दुख्यो मम्मी भन्दै
सासुलाई टाउको मिच्न लाउछे
रोटी बनाउन आउदैन भन्दै
कहिले पिठो मिच्न लाउछे
गजब रैछ यस्तो परम्परा
खै कहाँबाट आको
जे भए पनि मेरी बुहारीलाई
कति सुहाको !

दाङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x