साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भोट दिउँ गधालाई

Nepal Telecom ad

कसैले मेरो ढोका ढकढकायो
खोल्दा घरमा नेता आयो

भैंसी जस्तो शरीर उसको, गलामा फूलको माला
अघिपछि डन उसका कोही भतिजा कोही साला
मलाइ एक्लै घरमा देखी नेता मुस्कुरायो
मानौं जङ्गलमा स्यालले पायो एक्लो खरायो ।

मैले हात जोड्नु अघि नेताले नै हात जोड्यो
मैले सलाम गर्नु अघि उसैले पो सलाम ठोक्यो
नसुनेको कहिल्यै नदेखेको बिपरित हुँदै आयो
अड्कल काटें– चुनाव आयो, या त ऊ बहुलायो ।

मैले पुरानै पाठ कण्ठ थियो सुनाएँ–
स्वागत छ, सवारी होस्, लौ पाल्नुहोस्
मेरो जे छ यहाँ सबै मनमाफिक तपाईंकै हो,
जे चाहियो अर्पण छ, खुसीसाथ लैजानुहोस् ।

यो सुनेर नेताजीले दुईटा दाँत देखाए
त्यो देखेर सब डनहरूका पूरै बत्तिसी उदाए ।

अनि नेता उवाच–
के तपाइँलाई थाहा छ ?
मैले डाइरेक्ट लुट्न छोडी दिएँ
इन्डाइरेक्ट यो मोड लिएँ
चुनावमा उम्मेदवारी दिएको छु
अहिले त म तपाइँलाई लुट्न होइन
केवल भोट माग्न आएको छु ।

कति लुट्नु गाउँका झुपडीहरू ?
कति घुकाउनु गाउँका कुकुरहरू ?
योभन्दा त इन्डाइरेक्ट देशै लुटेर
टिभीमा पत्रकारहरू बिच देखिन्छु बरु ।

नेताजीको कुरा मलाई राम्रो लाग्यो
आफ्नो सुरक्षाको आस जाग्यो
सोचें– यसलाई त जसरी पनि जिताउनै पर्छ
यसलाई गाउँबाट भगाउनै पर्छ
ऊ सुहाउँदो चुनाव चिन्ह पनि रहेछ
गधा छापमा मत खसाउनै पर्छ ।

नेताका लागि भोट माग्न मन लाग्यो मलाई
घर घरमा डुलेँ रोई कराई–
भोट दिउँ यो लिच्चड गधालाई
जिताउँ जिताउँ हाम्रो नेतालाई ।
बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x