साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यिनै हुन्

Nepal Telecom ad

मनोनित गरे नि आउने यिनै हुन्
भोटै खसाले नि पाउने यिनै हुन्
यिनै थिए, यिनै छन्, रहने यिनै हुन्
तपाइँको त्यो हालत बनाउने यिनै हुन् ।

पञ्चायत नढल्दा जोगाउने यिनै हुन्
त्यो ढाली नयाँ यो लेराउने यिनै हुन्
भनी क्रान्ति–क्रान्ति, बिथोलेर शान्ति
तपाइँका ती कष्ट बढाउने यिनै हुन् ।

आधिकार माग, लोभ्याउने यिनै हुन्
विषालु मीठा भ्रम घोकाउने यिनै हुन्
सहिद सङ्ख्या धेरै बढाएर देशमा
युवा शक्ति परदेश लखेट्ने यिनै हुन् ।

नेपाली नेपाली फुटाउने यिनै हुन्
यो देशको ढुकुटी रित्याउने यिनै हुन्
स्कुल उद्योग गरी बाटो बन्द
यो देशमा गरिबी बढाउने यिनै हुन् ।

अझै आश लाग्छ ? निराशा यिनै हुन्
बिदेशी प्रभुका ठूला दास यिनै हुन्
सधैं उनले जित्ने सधैं देशले हार्ने
तपाइँलाई त्यो खेल खेलाउने यिनै हुन् ।

तपाईंलाई ढाँट्ने छकाउने यिनै हुन्
पछौटे बनाउन फकाउने यिनै हुन्
अनेक जालझेल र प्रपञ्च रचेर
यो देशको यो हालत बनाउने यिनै हुन् ।

संविधान लेराउने, नमान्ने यिनै हुन्
सरम लाज सप्पै पचाउने यिनै हुन्
ल जानुस् चढाउनोस् अबिर भेटी माला
तपाईंका साढे सात दशा खास यिनै हुन् ।
बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x