सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

विषै पनि निल्नुपर्छ

Nepal Telecom ad

तिम्रो मनको खोपीमा नि मेरो गुच्चा पिल्नुपर्छ
अनि पो त भन्न पाइयो, साथी–साथी मिल्नुपर्छ

डाँडाभरि लाली–गुराँस फक्रिएर मात्र हुन्न
मैदानको पर्तीमाझ चम्पा पनि ‘खिल्नु’ पर्छ

स्वच्छ हवा, चोखो पानी, पारिलो त्यो घामबाट
नछेकिउन् झुप्रा भनी जम्मै ढिस्को छिल्नुपर्छ

देश जलिराख्दा पनि मस्त घुर्न सक्नेलाई
खबरदारी कमिलाले छानी–छानी चिल्नुपर्छ

शान्तिरूपी अमृत पाउन समुद्र यो मथिँदैछ
केहीले त यो यज्ञमा विषै पनि निल्नुपर्छ ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
भोजन

भोजन

धीरेन्द्र प्रेमर्षि
यतिमात्र के भनेथेँ

यतिमात्र के भनेथेँ

धीरेन्द्र प्रेमर्षि
गणतन्त्र-गान

गणतन्त्र-गान

धीरेन्द्र प्रेमर्षि
के पीर भो र ?

के पीर भो र...

निलहरि काफ्ले
ढाल्न सक्छु

ढाल्न सक्छु

हृषीकेश बराल
भनेको भएन

भनेको भएन

मरुभूमि नारायण
पालेछ नि

पालेछ नि

डिल्लीप्रसाद अधिकारी
साँच्चै हाे कि हैन साथी ?

साँच्चै हाे कि हैन...

नवराज न्याैपाने माैन
के युवा ?

के युवा ?

रेहित सैजु