साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विषै पनि निल्नुपर्छ

Nepal Telecom ad

तिम्रो मनको खोपीमा नि मेरो गुच्चा पिल्नुपर्छ
अनि पो त भन्न पाइयो, साथी–साथी मिल्नुपर्छ

डाँडाभरि लाली–गुराँस फक्रिएर मात्र हुन्न
मैदानको पर्तीमाझ चम्पा पनि ‘खिल्नु’ पर्छ

स्वच्छ हवा, चोखो पानी, पारिलो त्यो घामबाट
नछेकिउन् झुप्रा भनी जम्मै ढिस्को छिल्नुपर्छ

देश जलिराख्दा पनि मस्त घुर्न सक्नेलाई
खबरदारी कमिलाले छानी–छानी चिल्नुपर्छ

शान्तिरूपी अमृत पाउन समुद्र यो मथिँदैछ
केहीले त यो यज्ञमा विषै पनि निल्नुपर्छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उम्लेपछि चैँ पोखिन्छ है !

उम्लेपछि चैँ पोखिन्छ है...

धीरेन्द्र प्रेमर्षि
कसो होला भन् त बुढी !

कसो होला भन् त...

धीरेन्द्र प्रेमर्षि
भोजन

भोजन

धीरेन्द्र प्रेमर्षि
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x