साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काठमान्डू

Nepal Telecom ad

यो काठमान्डू जब रात पर्छ
कालो बिरालोसरि चर्न जान्छ
हजा्को नोट लिएर हात
युवा भई डुल्दछ रातरात । १

नसा–नसामा मदिरा भरेर
कुर्लन्छ यो दानव झैँ बनेर
रमाउँदै नाच्दछ यो रेष्टुराँमा
योमात्र सर्वज्ञ छ सभ्यतामा । २

पोते र चोली फरिया लुकाई
कन्या बनी हिँड्दछ हाइहाई
छोटो लुगा जीवन झैँ छ छोटो
देखाउँदै हिँड्दछ शान खोटो । ३

चिन्दैन मान्छे न त चिन्छ मित्र
विश्वासलाई न त लिन्छ भित्र
आफू छ जस्तो सब देख्छ उस्तै
बोलेर मीठो तिर हान्छ हाँस्तै । ४

के हो तराई कुन गाउँ पर्छ ?
पहाड के हो कुन ठाउँमा छ ?
मेची र काली धन हो कि हैन
कठैबरा ! क्यै पनि थाह छैन । ५

टुपुक्क खाल्डो म त केन्द्र नै हुँ
वैकुण्ठ कैलाश र स्वर्ग मै हुँ
फुलाउँदै बोल्दछ नाक छाती
यो देशको मै हुँ ममात्र जाती । ६

यहीँ छ सारा सुविधा विलास
सधैँ यहाँ रौनक बन्छ खास
आनन्दमा मस्त चलाइ जात्रा
उन्मत्त भै डुल्दछ यत्रतत्र । ७

जुरोपानी–४, झापा

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
निर्णय

निर्णय

परशुराम पराजुली
आन्दोलन

आन्दोलन

परशुराम पराजुली
मोर्निङ वाक

मोर्निङ वाक

परशुराम पराजुली
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x