साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मात्रा नमिलेको वार्ता

Nepal Telecom ad

—वार्ता, राष्ट्रियता, उन्नति, संविधान, सहमति, शान्ति लिजिए हजुर !
—ऐ ऐ….. ऐ मधिशे के भनिस् तैँले ? फेरि एकपटक भन् त !
—वार्ता, राष्ट्रियता, उन्नति, संविधान, सहमति, शान्ति लिजिए भनेको नि हजुर ! क्या फरेस फरेस माल छ । एक किलो रख दुँ हजुर ?
—हैन भन्या, ऐ मधिसे, तिमीहरू त “भण्टा, टमाटर प्याज आलु लिजिए” भनेर बेच्न आउने पो हैन र भन्या ? अब त तिमीहरू वार्ता, संविधान, सहमति, शान्तिसमेत बेच्न आउने भै सक्यो हैन ? हाम्रो देशको मुख्यमुख्य काम कुरामा समेत तिमीहरूको हात रहेछ नि त हैन ?
—अरे हजुर ! आप भि कया मजाक कि बात करते है । हमारे पास हाथ भि है पैर भि है । जुत्तासहित के खुट्टा ना होतो हमलोग कैसे तपाईं लोग को घरमें तरकारी विक्री करने आयेंगे ।
—हैन, तिमीले तरकारी बेच्न आएको कहाँ हो भनेको नि । टोकरीमा त तरकारी देखिँदैन नि ।
—अरे हजुर, आपने आलुप्याज समझा कि क्योँ इसको ? आलुप्याज भए पो सबलोग दिखाकर लायेंगे । ये तो देश बनानेवाले बात पो त, आपको मालुम हि नहिं ।
—हमें मालुम हि नहिं !? तुम्हारा बापको स्वास्नीको टाउको हाम्रो देश बनानेवाले बात भि तिमीहरूले बेच्न ल्याउने त ? यो त हामी आफैँले सल्लाह गरेर निर्णयमा पुग्ने कुरा पो त । त्यसै आफूलाई मतलबै नभएको कुरामा पनि मुखलाई छुरासरि चलाउँदै हिँड्छ बा ! फेरि आलुप्याज भए त लौ भैगो तरकारी सरकारी बनाएर खानुहुन्छ लौ भनौँला, अब यो वार्तासार्ता, संविधान–संविधान, सहमति भनेको त नेताहरूलाई काम लाग्ला । हामी जस्ता सर्वसाधारणलाई के काम लाग्छ र भनेको नि ! यी सवै तिनीहरूलाई बेच्न जाऊ त सक्छौ ?
–अरे हजुर, आप भि क्याबात करि लिन्छ बा ! हमलोग ने गर्न नसक्ने बात तो कोही हैहि नहिं यहाँ । त्यसैले सक्छौ भनेर मत पुछिए हजुर ! हमलोग तो टङ्गाल सें लेकर जङ्गल तक सिंहदारबार सें लेकर मन्त्री क्वाटर तक जहाँ भि जानें के लिए तयार है ।
—ओहो ! ! त्यसो भए तिमी मधिशे जङ्गलदेखि टङ्गालसम्म जान सक्छौ रे ! ? त्यसो भए यो राष्ट्रियता, सहमति, शान्तिलाई पार्टी कार्यालयमा गएर बेच्न जाऊ न त । सक्छौ भने जङ्गलमा बेच्न जाऊ न त, किन नगएको ?
—अरे हजुर कुरा त बुझिलिनोस्, पार्टी कार्यालय, मन्त्री क्वार्टर और जङ्गल में भि नगएको कहाँ हो र म । आपलोग के नेतालोग नें ये शान्ति, सहमति, राष्ट्रियताको त आँख तक भि नहिं लगाते हजुर क्या करें । उनलोग के मनमे देशप्रेम कि भावना तो पोलियो थोपा कि बूँद जितना भि नहिं है । अभि कि परिस्थिति को हि देखिए न वार्ता, वार्ता कह रहा है लेकिन हमसें वार्ता खरीदता हि नहिं ।
—छि ! यो मधिसे पनि, वार्ता पनि तिमीसँग लिनुपर्छ र ? यो त आफूआफू बसेर मिलाइ हाल्छ नि, त्यत्रो शिखरवार्ता समेत भइसकेको देखेनौ ?
—देखलिया हजुर हमनें । छे महिना पहले सें यहाँ सिर्फ वार्ता हि तो हो रहा है । कहाँ काम हो सका हजुर । होगा भि कैसे जङ्गलवाला सिर्फ हथियार उठाना हि जानता है रखना नहिं जानता है और सातदल के लोग हथियार सें डरते है तब क्या करे ।
—मोरा मधिशे कसो क्या करे भनेको । जे गरेर भए पनि मिलाउनु प¥यो नि ! माओवादीलाई गएर हतियार बिसाऊ खुल्ला राजनीतिमा जाऊ । हतियार बोकेर कसैको मन जित्न सकिँदैन । त्यसैले नेपालीको मन जित्ने काम कुरा गर भनन । भन्ने आँट छ ?
—हाहा हाहा ! ! अरे हजुर आपनें तो हमेंं हँसा हि दिया, क्या बात करतें है आप । नेपालीमा मन जितो कहो रे । नेपालीका मन जुवा है क्या ? हारजीत तो जुवा मे होता है । उसमें भि माओवादी तो सिर्फ जितना जानता है हासेंका तो सपनें मे भि नहिं जानते । वह तो लडकीको आइ लभ यु कहने को भि बन्दुक देखाकर आइ लभ यु कहते है । फिर माओवादी कैसे हथियार छोडेंगे, उन्हे डर नहिं लगेगा ?
—तेरो टाउको डराएर पनि राजनीति हुन्छ र ? त्यस्तै नेपालीलाई तर्साएर गरेको राजनीति कति दिन टिक्ला ? आइ लभ यु भनेर बन्दुक देखाएर केटीको मन जित्न सक्ला र ?
—वहि ता हम भि पकड रहथे हजुर । सम्पूर्ण नेपालीके लिए लडनेवाला पार्टी ने हि बन्दुक छोडना नहिँ चाहते तो हम क्या करे ? हम तो आपके देशमें उन्नति, राष्ट्रियता, संविधान, वार्ता ला रहेथे न कोहि भि नेता लोग फिफ्टी पर्सेण्ट आँख भि मुडकर नहि देखते तो हम क्या करे । वार्ता करके …… ।
—वार्ता ! वार्ता ! ! वार्ता ! ! ! अब त यो ‘वार्ता’ भन्ने शब्द नै एलर्जी भइसक्यो । छ महिनाअघिदेखि खालि यै कुक्कुर पुच्छरे वार्ताकै मात्र कुरा भैरहेको छ । कहिले मटान वार्ता, कहिले छिँडी वार्ता, कहिले बुईंगल वार्ता, कहिले शिखर वार्ता भनेर खालि नौटङ्की मात्र गरिरा’छ । कुरा एक पल्ट नै राम्रो गर्न नसक्ने बज्जेहरूले अरु के काम राम्रो गर्ला भनेर आस गर्ने ?
–अरे हजुर अब तो चिन्ता कि वात है हि नहिं । वार्ता हो रहा है ना ?
—तेरीआमाको पोइको घन्टाउको ! फेरि ‘वार्ता’ को नाउँ लिन्छस्, यो ठाउँ नै एलर्जी भइसक्यो भनेको बुझिनस् ? यस्तो सिङ न पुच्छरको मात्रा नमिलेको वार्ताले पनि फुल पार्ला र ?
—वाह हजुर ! आपने तो वहुत मजाक कि वात कह दी । वार्ता ने भि कभि फुल पारेगा ? फुल तो मुर्गा ने पारेगा, है कि नहिं हजुर ?
—तेरो टाउको है ल, चुप लाग, बढता प्यारप्यार नकरा भनेको सुनिनस् ?
—हम तो चुप रहेंगे हजुर ! लेकिन आपलोग कितना चूप रहेंगे जबतक आप लोग चूप रहेंगे तबतक बात बनेगा क्या ? अब तो जागनेंका वक्त है अब तो जागनेंका वक्त है हजुर, जागिए आगे बढिए । नहिं तो …… ।
—नहिं तो क्या ! ?
—वह तो अपने आप समझना चाहिए, हजुर है कि नहिँ ?
— ………….. !
‘फित्कौली’ अङ्क ११ बाट

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लौन एउटा कुर्सी

लौन एउटा कुर्सी

हृदयप्रसाद मिश्र
0
Would love your thoughts, please comment.x
()
x