साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हजुर गजबसँग घुर्नुहुन्छ

Nepal Telecom ad

जागी–जागी हाम्रा हजुर गजबसँग घुर्नुहुन्छ
जहाजको जमानामा साइकिलमै दगुर्नुहुन्छ

मुटु कति साँगुरो छ त्यसको कुरा नगरौँ भो
जय–जयकार सुन्यो कि त फुरन्दाना फुर्नुहुन्छ

शालिकमाथि ठडिएर मुस्कुराउँदा भएकै थ्यो
किन त्यही भत्काएर खाल्डो खनी पुर्नुहुन्छ !

सारा जनता भोकै राख्ने तपाईं नै होइन र ?
एक–दुई गाँस टिप्छु भन्दै हाँडी नै हसुर्नुहुन्छ

झुपडीमा सधैँ–सधैँ आँधी अनि आगो छर्दै
महलको त्यो मझेरीमा मोज बनी जुर्नुहुन्छ

झुट्टा साबित भइसके सारा अवतार अब
अझै चमत्कारै होला भन्दै बाटो कुर्नुहुन्छ !

जनकपुर

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उम्लेपछि चैँ पोखिन्छ है !

उम्लेपछि चैँ पोखिन्छ है...

धीरेन्द्र प्रेमर्षि
कसो होला भन् त बुढी !

कसो होला भन् त...

धीरेन्द्र प्रेमर्षि
भोजन

भोजन

धीरेन्द्र प्रेमर्षि
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
बहुलाउन थालेको रहेछु

बहुलाउन थालेको रहेछु

आत्माराम न्यौपाने
0
Would love your thoughts, please comment.x
()
x