साइबर अपराध सम्बन्धी सचेतना सामग्री

त्यो देश कहाँ छ ?

Nepal Telecom ad

१.हिउँको टोपी बादलु घुम्टो ओढेर शिरमा
सगरबाट सागर हेर्ने त्यो देश कहाँ छ ?
खेत र बारी छोडेर बाँझो विदेश भासिने
सन्तान बेची गुजारा गर्ने चलन जहाँ छ ।

२.हिमाल पहाड र उपत्यका मैदान नदी ताल
सृष्टिका यावत् अङ्गले युक्त त्यो देश कहाँ छ ?
आपसमा नै हानाहान गरी रगत बगाई
आफन्तको नै भागाभाग पार्ने आदत जहाँ छ ।

३.अखण्ड राष्ट्र निर्माण गर्ने पृथिवि जन्माउने
शान्तिका दूत बुद्धको धर्ती त्यो देश कहाँ छ ?
सोखका लागि जुधेर साँढे बाछाको मिचाई
पारेर सदा दाउपेच खेल्ने दुुर्बुद्धि जहाँ छ ।

४.पौरखी तथा बहादुर भनी विश्वले चिनेको
सहिष्णु जाति नेपाली बस्ने त्यो देश कहाँ छ ?
गुराँस फुलोस् मुनाल डुलोस् मत्लब नराख्ने
शक्ति र धन सर्वस्व ठान्ने दुर्भाव जहाँ छ ।

५. स्वतन्त्र, मुक्त जीवन निम्ति लडाइँ नछोड्ने
सङ्घर्षशील जातिको हाम्रो नेपाल कहाँ छ ?
वर्ष त के भो जुधेरै युगौँ बिताइरहने
छातीमा पत्थर जमेको निर्मम नेतृत्व जहाँ छ ।

जोरपाटी, काठमाडौँ 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
त्यो देश कहाँ छ ?

त्यो देश कहाँ छ...

प्रकाशमणि दहाल
सलाम यो बुद्धिलाई

सलाम यो बुद्धिलाई

प्रकाशमणि दहाल
यो जिन्दगी खै के जिन्दगी ?

यो जिन्दगी खै के...

प्रकाशमणि दहाल
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x