साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाईजात्रे कविता

Nepal Telecom ad

(छन्द- शिखरिणी)

सुशिल् बाका दारी पनि अति भुसे स्याल सरिका
प्रधान्मन्त्री भाका तर पतनको रैछ तरिका
नबन्ने भो फोक्सो न त असल ज्रि्रो बनिदियो
नभो संविधानै न त वदन चाँडो ढलिदियो ।

(छन्द- पञ्चचामर)
प्रचण्ड चण्ड साधु हुन् कुबुद्धि मात्र चुन्दछन्
अखण्ड जात जातिमा प्रहार सूत्र बुन्दछन्
स्वदेश रक्तकुण्डमा डुबाइ दुष्ट नाच्तछन्
सबै लुटेर देश चैं महल् चढेर हाँस्तछन् ।

दरीद्रता छ देहमा कलङ्क र्छछ देशमा
थुरेर तोप स्नेहमा ऊ बुद्ध खोज्छ प्रेतमा
प्रचण्ड चण्डमुण्ड हुन् कि नाटकीय पात्र हुन्
कि लाशमाथि नाचने कुछेद सिद्ध जात हुन् !

(छन्द- अनुष्टुप)
बाबुराम् ज्ञानका दैंत्य साँच्चै शैतान हौ तिमी
उचाली जातको डोको युद्ध खिच्ने पुरेत् तिमी
मासेर जनता सारा ख्याँस्छौ के नर्कलोकमा
गयो पुच्छरमै तिम्रो पढेको भारू नोटमा ।

(छन्द- मन्दाक्रान्ता)
टट्टी भन्दा अझ दुषित छन् देशका पञ्च घाँडा
भट्टी भित्रै अतिव थुतुनो गाड्दछन् राष्ट्र साँडा
रून्छन् युवा दुख विरहमा खाडीमा सुँक्सुकाई
हाँस्छन् नेता महलहरूमा साडीमा लुट्पुर्टाई ।

(छन्द- शार्दुलविक्रीडित)
चन्द्रेराम र देउवा कलहका काला लँगौटी गुथी
भुत्भूताइ छ छुद्रता मनमनै क्यै छैन यिन्को मति
गच्छेदार उपेन्द्र केन्द्र कहिँका हुक्के र चम्चेहरू
खाल्डोमा सब हाल्नु पुर्नु बरू ठिक् यी राष्ट्रघातीहरू

देशै स्वात्त निलेर सिक्किम भयो नेपालको के गति
केपी माधव झल्लु उल्लु मनमा उस्तै छ कालै मति
छातीमा मुटु छैन त्यो हृदयमा खै देशको उन्नति
कालो स्वार्थ छ डस्नु निल्नु जनता यो राष्ट्रको सम्पत्ति ।

(छन्द- तोटक)
जनता भ्रमका रमिते बनिए
जति ताली बजे उतिरै खनिए
कति भात बिके कति रात बिके
अति भो अब ता सब जात बिके ।

(छन्द- श्रग्विणी)
देशका सत्रु हौ देश रित्याउने
हौ तिमी राक्षसी दुष्ट भित्र्याउने
कालका छालमा मुष्ट जान्छौ भने
बाल्छु मै श्राद्धको दीप मान्छौ भने ।

झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गतिछाडा सरकार

गतिछाडा सरकार

विष्णु न्यौपाने
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x