साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के हो त्यो ?

Nepal Telecom ad

 

के हो त्यो ? र्स्वर्गको पुस्तकमा पाइँदैन
कुर्सी हो त्यो सकिन्छ पृथ्वीमा मजाले देख्न
कसको प्रशस्ति मान्छेले लेख्न सक्दैन ? 
कुर्सी, अनुसन्धान पैसाले पनि पूरा हुँदैन ।

सामर्थ्य कुर्सी कस्तो झन हुन्छ ? 
गधालाई बसाइयो भने राजनीति ओकल्न सक्छ
मान्छेले कुर्सीका लागि केसम्म गर्न सक्छ ? 
अवसर दिइयो भने मुलक नै बेच्न सक्छ ।

कस्ती अर्धाङनीलाई गुणवती भनिन्छ ?
पतिदेवलाई कुर्सीमा बसाउने शीलवती बनिन्छ ।
साइनोको डोरी कहाँसम्म तन्किन्छ ?
कुर्सीका लागि कन्यादानसम्म हुन्छ ।

सज्जन दर्जन कुन बेला हुन्छ ?
कुर्सी पाएपछि आफैलाई जब बिर्सिदिन्छ ।
असल काम भन केलाई भनिन्छ ? 
कुर्सी टाँस्न जब राजनीति गुँद बनाइन्छ ।

कोटेश्वर, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x