साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भुँडी

Nepal Telecom ad

भुँडी मेरो ठूलो भयो भन्छन् सबै भुँडे
बोसो जमी आन्दा बेर्दा भएँ हजुर लुँडे
भकुण्डो झैँ लाग्दोरै’छ, भन्छन् ए भकुण्डे
घ्याम्पोजस्तो ठम्याएर कौलास्दछन् घ्याम्पे ।

दमाईको दमा सम्झी उचाल्दछन् गजा
हात्तीपेटे घैँटे भनी भनी पार्छन् ठूलै व्यथा
बङ्गुर झैँ लाग्दोर’छ भन्छन् ए बङ्गुरे
विशेषण कति बनूँ ? भन ए लङ्गुरे ।

भुँडी मेरो फुँडीजस्ती खाना सबै मीठो
घूस जुस कमिसन जहाज र पिठो
अगस्ती वा असली यो भुँडी महेश्वर
चिनी रोग पित्तरोग ग्यास्टिकको जय ।

स्वाँ ! स्वाँ ! ! चल्छ अलि हिँडे, फोक्सो पन्चेट हुने
नहिँडौ त ओल्टेकोल्टे फेर्नै नसकिने
रोगैरोग भोकैभोक पापीआन्दे्र थैलो
फेर्न प¥यो, साँगुरियो घरघरको दैलो ।

रक्तचाप कैले माथि कैले हुन्छ तल
भुँडीसित मित लाउँ राजनीति दल
रोगैरोग भोकैभोक प्रतिपक्षी बन्दै
भुँडीसत्ता विरुद्धमा लड्छन् बिनसित्तै ।

भुँडी भोको हुँदाखेरि, छेड्छ ठूलै क्रान्ति
भुँडी डम्म भएपछि हुँदो ! रैछ भ्रान्ति
उठ्न बस्न सुत्न हुन्न ठूलो भुँडी झ्याउ
हाँडीघोप्टे भुँडीहरू थोरैथोरै खाऊ ।

धादिङबेँसी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय भनाैँ कि भय !

जय भनाैँ कि भय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x