साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एक भोट हुँ म

Nepal Telecom ad

युग परिवर्तन गर्छु भन्ने
झुठा नारा र आश्वासनबाट
आजीत भइसकेको
एक साधारण मान्छे म
मेरा न्युनतम आकाङ्क्षामाथि
तुषारापात नगर
मेरो सहनशीलताको कोशी दुख्यो भने
कुनै पनि बेला
विष्फोट हुनसक्छु म ।
सन्तानको एक पेटको लिप्सा बोकी
स्वदेशको बेथिति र बेरोजगारीबाट
आक्रान्त भई
सातसमुन्द्रर पारिका वस्तीहरूमा
काम खोज्दै भोकैप्यासै भौंतारी हिँडेको
एक स्वाभिमानी नेपाली म
मसँग धेरै देशप्रेमको ठट्टा नगर
म भित्रको अशान्त च्छो रोल्पा फुट्यो भने
कुनै पनि बेला
बिध्वंश मच्चाउन सक्छु म ।
तिम्रो झुठो किरियामा झोक्राइरहेका
रोल्पाका सतिसाललाई
दिनरात नजिकबाट नियालेको
द्वन्द्वपीडित इन्द्रेणी म
मेरा लुछिएका खुशी अनि
मैले बोकिहिँडेका समयका घाउहरू
देखेर पनि अनदेखा नगर
मैले भोगेका कठोर छट्पटीहरू
बिद्रोहको धरातलमा उत्रियो भने
कुनै पनि बेला
राँको भई दन्किन सक्छु म ।
आलिशान महलभित्र बसी
हुँकार गर्ने छिप्पिएका जुँगाहरू हो !
महँगीको महामारीमा पिल्सिएर
धारिलो भइसकेको
एक निरिह मान्छे म
मेरो भोको पेटको धेरै
उपहास नगर
भोका तनहरू एकजुट भई
आन्दोलित भयौं भने
कुनै पनि बेला
तिम्रो शिशमहल चक्नाचुर पार्नसक्छु म ।
सत्ताकृडामा लिप्त धूर्त स्यालहरू हो !
भ्रष्टाचारले अजीर्ण काला नागहरू हो !
राजनैतिक तिकडममा चेप्टिएर
तीखो भइसकेको भाला समान
केवल एक हतियार म
मेरा आधारभूत अधिकारमाथि
हस्तक्षेप नगर
मेरो माटोको सुगन्धमाथि
धावा बोल्यौ भने
कुनै पनि बेला
सिंहदरबारलाई समेत
मेरो पाइतालासामु
नतमस्तक पार्नसक्छु म,
मात्र एक भोट हुँ म
फगत एक भोट हुँ म ।

जोरपाटी, काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x