सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पानीको समस्या

Nepal Telecom ad

केही व्यक्तिहरू बसेर आपसमा सल्लाह, कुराकानी गर्दैछन् । आपसमा कुरा गरेर भन्छन् । हेर्नुहोस् हाम्रो मन्त्रीज्यू वास्तविकतासँग सोझै साक्षात्कार गर्नुहुन्छ । वहाँ त्यो ठाउँमा जानु हुन्छ र पत्ता लगाउनुहुन्छ कि सत्यता के हो । यो वहाँको काम गर्ने शैली हो । जस्तो कुनै व्यक्ति (मन्त्रीज्यू) ले भनुन् कि साहेब हाम्रो राज्यमा गरीबी छ, त्यो कुरा मन्त्रीज्यूले सुनेको भरमा विश्वास नै गर्नुहुन्न । वहाँ त्यो स्थानमा टेलिभिजन वालालाई साथमा लिएर जानु हुन्छ र गरिबसँग आफै सोधपुछ गर्नुहुन्छ ।
मन्त्री– (गरिबसँग) सुन्छु तपाईहरू अति नै गरिब हुनुहुन्छ ?
गरिब– (हात जोड्दै) हजूर ।
मन्त्री– कति गरिब छन् यो गाउँमा ?
गरिब– सबैनै गरिब छन् ।
मन्त्री– तपाईं भन्दा गरिब कति छन् ?
गाउँलेहरू– (मुखामुख गर्दछन्)
प्रतिष्ठित व्यक्ति– (हात जोड्दै) हजुर सबैनै गरिब छन्) ।
मन्त्री– गाउँलेहरूलाई नै जवाफ दिन दिनुस् । तपाईं बीचमा प्वाक्क नबोल्नुहोस् । बुझ्नु भो ? यो गाउँमा पपुलेसन कति छ कति जना बस्छन् यो गाउँमा ? (मन्त्रीले गाउँका वडाध्यक्षसँग सोधे ।)
ब.अ.– होलान् १५० फेमिलीहरू (परिवारहरू)
मन्त्री– आइ वाण्ट एक्ज्याक्ट फिगर्स ।
व.अ.– हजूर एउटा फेमेलीमा एउटा केटाको विवाह भएको स्वास्नी माईत गएकी छिन् ।
मन्त्री– हूँ ।

यसरी नै हाम्रो मन्त्रीज्यू, स्वयं जानु हुन्छ र वास्तविकतासँग साक्षात्कार गर्नु हुन्छ । अर्थात् कुरा गरेर सत्यता पत्ता लगाउनु हुन्छ । जस्तो एउटा गाउँमा पानीको कमी छ । मन्त्रीज्यू आफै त्यहाँ जानु हुन्छ र सत्यता पत्ता लगाउनु हुन्छ ।
मन्त्रीज्यूको वार्तालाप–
मन्त्री– तपाईहरू पानी पिउनुहुन्छ ?
गा.मा– हजूर पिउँछम् ।
मन्त्री– यो गाउँमा कति व्यक्तिले पानी पिउँछन् ?
गा.मा– सबैले पिउँछन् । प्यास लाग्छ, पिउनै पर्छ ।
मन्त्री– कहाँ पाइन्छ पानी, कहाँबाट लिएर आउनु हुन्छ ?
गा.मा– खोलाबाट ल्याउँछन् ।
मन्त्री– धारा छैन ?
गा.मा– छैन ।
मन्त्री– हूँ, खोला यहाँबाट कति टाढा छ ?
गा.मा– अलिकति टाढा छ ।
मन्त्री– कसरी ल्याउनु हुन्छ पानी ?
गा.मा–गाग्रोमा भरेर ।
मन्त्री– गाग्रो घरबाट लैजानु हुन्छ कि खोलामा पाइन्छ ?
गा.मा– घरबाट लैजान पर्छ हजुर ।
मन्त्री– आई सी, खोलामा गाग्राको कुनै बन्दोवस्त हुँदैन ? जब तपाई खोलामा गाग्रो लिएर जानु हुन्छ तब खोलामा पानी पाइन्छ कि मुश्किल हुन्छ ?
गा.मा– पहिले पाइन्थ्यो । अहिले मुश्किल पर्छ ।
मन्त्री– के मुश्किल पर्छ ? एउटा खोलामा कति गाग्रो पानी हुन्छ ?
गा.मा– धेरै नै गाग्रो हुन्छ ।
मन्त्री– म गाग्रो हेर्न चाहन्छु । त्यसको साईज कत्रो हुन्छ ? (एउटा गाउँले दौड्दै घरमा जान्छ र गाग्रो ल्याएर मन्त्रीलाई देखाउँछ ।
मन्त्री– यो माटोले बनाएको हो ?
गा.मा– हजुर ।
मन्त्री– हामी माटो इम्पोर्ट गर्छौ कि यहीँको हो ?
गा.मा– लोकल हो हजुर ।
मन्त्री– गुड । एउटा गाग्रोमा कति बाल्टिन पानी जान्छ ।
गा.मा– डेढ दुई बाल्टिन पानी जान्छ ।
मन्त्री– तपाई ठूलो गाग्रो लिएर किन पानी भर्न जानु हुँदैन ? धेरै पानी आउँथ्यो ।
गा.मा– ठूलो गाग्रो गह्रौँ हुन्छ, बोक्न गाह्रो हुन्छ ।
मन्त्री– एक पटकमा कतिवटा गाग्रो बोक्नु हुन्छ ?
गा.मा– एउटा मात्र हजूर ।
मन्त्री– पानीले भरेको कि खाली
गा.मा– पानीले भरेको ।
मन्त्री– तपाईले आफै उठाउनुहुन्छ कि अरुसँग उठाई माग्नुहुन्छ ?
गा.मा– आफैं उठाउँछौं हजुर ।
मन्त्री– कति मानिस लागेका छन पानी भर्ने काममा ?
गा.मा– सबै जसो लागेका छन् ।
मन्त्री– खोलामा चौविसै घण्टा पानी पाइन्छ कि कुनै फिक्स टाईम छ ? कति बजेदेखि कति बजेसम्म ?
गा.मा– पाउने बेलामा चौविसै घण्टा पाइन्छ ।
मन्त्री– आजकाल कति घण्टासम्म पाइन्छ ?
गा.मा– आजकाल खोला सुकेकोले पानी पाईंदैन ।
मन्त्री– जब खोला सुक्छ तब कति बजे पाइन्छ ?
गा.मा– पाईंदै पाईंदैन ।
मन्त्री– एक दुई घण्टा पनि पाईंदैन ?
गा.मा– पाईंदैन ।
मन्त्री– (मन्त्रीको मुख निन्याउरो हुन्छ) वडाध्यक्षतिर फर्केर– यो खोला कसरी सुक्छ ?
व.अ– मन्त्रीज्यू गर्मीमा धेरै गर्मी हुने भएकोले खोला सु…. ।
मन्त्री– (चिन्ताले मुख मलिन गर्दै) हामीहरूले खोलामा कुनै किसिमको छाया पार्न सक्दैनौं ? पानीमा घाम नपरोस् र पानी नसुकोस् भनेर ?
व.अ.– नो ईट ईज नट पोसिवल ।
मन्त्री– किन ? वी क्यान टक टु वल्र्ड वैंक एबाउट ईट । सबै खोलामा सेड (छाँया लगाउनु अति आवश्यक छ । खास गरेर गाउँको नजिकैबाट बग्ने खोलाहरूमा हामी त्यस्ता ठाउँहरू पत्ता लगाउछम् ।
ब.अ– के डिफिकल्टीहरू छन् ?
व.अ– श्रीमान, एक त खोलाको किनार धेरै नै चौडा हुन्छ र त्यसलाई कभर गर्न अति मुश्किल हुन्छ । अर्को कुरा खोलाको नजिकैको माटोमा बालुवा र हिलो भएकोले पिलर्स उभ्याउन सकिन्न ।
मन्त्री– आई सी, ल मैले प्रोब्लेम बुझेँ । फेरि मन्त्रीज्यूले गाउँलेतिर हेरेर भने जब खोलामा पानी पाईंदैन तब तपाईंहरू गाग्रो लिएर खोलामा किन धाउनु हुन्छ ?
गा.मा– हामीहरू खोलामा होइन इनारमा जान्छौँ ।
मन्त्री– कुवामा पानी पाइन्छ त ?
गा.मा– हजूर पाइन्छ !
मन्त्री– एउटा कुवामा कति पानी पाइन्छ ? सबै गाउँलेलाई पानी पुग्छ त ?
गा.मा– अलिअलि पाइन्छ ।
मन्त्री– तपाईंहरूलाई कुन पानी मिठो लाग्छ ?
गा.मा– जहाँको पानी पाइन्छ त्यहीको मिठो लाग्छ । खोलाको पानी अलिकति फोहर हुन्छ ।
मन्त्री– तब के तपाईंले खोलालाई छान्नु हुन्छ ?
गा.मा– खोलालाई त छान्न सकिन्न । लगेको पानी टालोले छान्छम ।
मन्त्री– खोलामा अरु के के पाइन्छ पानी बाहेक ?
गा.मा– (मुखामुख गर्दै) खै ।
मन्त्री– पानी त पाइन्छ । अरु के के पाइन्छ भनेको ? पुल पाइन्छ खोलामा ?
गा.मा– पाइदैन
मन्त्री– बाँध पाइन्छ ?
गा.मा– छैन, कुनै बाँध पाईंदैन ।
मन्त्री– आश्चर्य । प्रजातन्त्र भएको ४७ वर्ष भईसक्यो तापनि खोलामा बाँध छैन ? (मन्त्रीले ईन्जिनियरतिर हेर्दै)
ई.– श्रीमान पञ्चवर्षीय योजनामा बाँध बनाउने प्रयोजन थियो ।
मन्त्री– तव के भयो ?
ई.– सर्भे गर्दा थाहा भयो कि खोलामा पानी छैन त्यसैले बाँध बनाउनु आवश्यक छैन ।
मन्त्री– हामी यति पानी पनि एरेन्ज गर्न सक्दैनौ कि बाँध बनाउन सकौं ?
ई.– मैले नेपाली कांग्रेसको अधिवेशनमा यो प्रश्न राखेको थिएँ । श्रीमान्… प्लानिङ्ग कमिसन भन्छ कि जुन खोलामा पुरा वर्ष पानी रहँदैन त्यहाँ हामी बाँध बनाउन प्रायोरिटी दिन सक्दैनौं । किनकि त्यसबाट हामी बिजुली उत्पादन गर्न सक्दैनौ ।
मन्त्री– (गाउँलेतिर हेरेर) तपाईहरूको गाउँमा कति वटा कुवा छ ?
गा.मा– एउटा पनि छैन ।
मन्त्री– फेरि तपाईहरू गाग्रो लिएर कता जानु हुन्छ त ?
गा.मा– अर्को गाउँमा
मन्त्री– त्यहाँ कुवा छ ?
गा.मा– छ ।
मन्त्री– पानी पाइन्छ ?
गा.मा– पानी त पाइन्छ तर अति हुल हुन्छ ।
मन्त्री– त्यो गाउँ कति टाढा छ ?
गा.मा– पाँच किलो मिटर ।
मन्त्री– फर्कदा पनि पाँच किलो मिटर पर्छ ?
गा.मा– त्यही पर्छ हजुर ।
मन्त्री– जानलाई कुनै साधन छ, बस टेम्पो ?
गा.मा– छैन कुनै साधन छैन । हिँडेर जानु पर्छ ।
मन्त्री– (मलिनो मुख लगाएर हाकिमतिर हेर्दै) के हामी दुवै गाउँको वीच बस सर्भिस स्थापना गर्न सक्दैनौं, गाउँलेले पनि ओसार्नको निम्ति ? (गाउँलेतिर औल्याउँदै भावुक स्वरमा) मलाई तपाईहरूको दुःख देखेर अति दुःख लाग्यो । यदि यो सरकार रहीरह्यो भने म खोलालाई तपाईको गाउँतिर नै फर्काउने कोशिस गर्ने छु । त्यसो हुन सकेन भने पूरा गाउँलेलाई नै खोलाको तिरमा व्यवस्थित गर्नुपर्ला । म चाहान्छु प्रत्येक गाउँमा एउटा खोला होस् । ता कि गाउँका चेलिवेटी अन्यत्र गएर पानी भर्न वाध्य नहुन् । अर्को कुरा देशलाई प्रगतिको बाटोतिर लैजानु छ ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad